BIZMANDU
www.bizmandu.com

सुन तोलामा ५ सयले बृद्धि हुँदै ७७ हजार रुपैयाँमा कारोबार, कोरोना प्रभावले बजार भने सुनसान

२०७६ चैत्र १०

Tata
GBIME

काठमाडौं। सोमबार नेपाली बजारमा पहेँलो धातु सुनको भाउ तोलाको ७७ हजार रुपैयाँ पुगको छ।

आइतबारको तुलनामा तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ७७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार तोलाको ७६ हजार ५ सयमा कारोबार भएको सुनमा थोरै बृद्धि भएको हो।

चाँदीको भाउमा भने फेरबदल भएको छैन। सोमबार चाँदी तोलाको ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।