BIZMANDU
www.bizmandu.com

बुद्ध एयरले ३५ प्रतिशत घटायो ट्रंक रुटको भाडा, अरु कम्पनीले पनि भाडा घटाउने तयारीमा

२०७६ चैत्र ९

Tata
GBIME
Nepal Life

काठमाडौं। निजी वायुसेवा कम्पनी बुद्ध एयरले ट्रंक रुटतर्फ ३५ प्रतिशत भाडा छुट गरेको छ। कम्पनीले मुलुकको विषम परिस्थितीका कारण हवाई भाडा घटाएको जनाएको छ।

'भोलिदेखि सरकारले लामो दुरीको बस संचालनमा रोक लगाएको छ। सर्वसाधरणलाई सेवा दिने मुख्य उद्धेश्यले हामीले सरदर ३५ प्रतिशत छुट दिएर अधिकतम भाडादर घटाएका छौँ। यो विषम परिस्थितीमा नाफालाई नहेरी सेवालाई मुख्य पराथमिकता दिएका हौँ।' कम्पनीका एक कर्मचारीले भने।

यो छुट लामो दुरीको बस सेवा संचालन नहुन्जेलका लागि भएको कम्पनीले जनाएको छ। सरकारले भने वायुसेवा कम्पनीलाई कुनै पनि राहत नदिएकोमा कम्पनीले आपत्ति जनाएको छ। 'विश्व बजारमा इन्धनको मूल्य प्रति व्यारेल ७५ डलर हुँदा हामीले ९४.५० रुपैयाँ प्रति लिटरमा खरिद गर्दै आएका थियौँ। गत मार्च १५ मा इन्धनको मूल्य प्रति व्यारेल ३४ डलर हुँदा नेपाल आयल  निगमले लिटरमा ४.५० रुपैयाँ मात्र घटाएको छ। हामीले तुरुन्तै भाडादरमा समायोजन गरिसकेका छौँ।' कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ बुद्ध एयरको नयाँ अधिकतम भाडादर

गन्तब्य

साविक अधिकतम भाडादर (रुपैयाँ)

लागू गरिएको भाडादर (रुपैयाँ)

विराटनगर

७,८७८

५,५००

भैरहवा

६,७८१

४,९००

नेपालगञ्ज

१०,६२०

६,३००

भद्रपुर

९,८००

६,२००

धनगढी

१४,१२५

७,९००

पोखरा

५,२७२

३,७००

राजविराज

६,५४०

४,२००

   

आन्तरिक वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा संचालक संघले हवाई भाडादर अन्तर्गत लागु हुँदै आएको  अधिकतम सिमामा २० प्रतिशत छुट दिने निर्णय गरेको छ।

अधिकतम भाडादरमा न्यूनतम २० प्रतिशत छुट दिने निर्णय गरेको प्रवक्ता योगराज कंडेलले जानकारी दिए। ' संस्कृति पर्षयटन तथा नागरिक उड्डयन मन्त्रालय र आओनबीच बसेको बैठक अनुसार हाइ सिलिङ अन्तर्गतको दरमा २० प्रतिशत छुट दिने निर्णय गरेका छौँ। तीन वायुसेवा कम्पनीले आफूले चाहेको खण्डमा यो भन्दा बढी छुट दिन सक्ने प्रावधान रहेको छ।' प्रवक्ता कंडेलले भने।

कंडेलका अनुसार यो छुट भरतपुर, सिमरा र जनकपुर बाहेकका गन्तब्यमा लागु हुनेछ। सोमबारदेखि लागू हुने भाडादर आउँदो बैशाख तीन गतेसम्म लागु हुने उनले जानकारी दिए।

'कुनै पनि वायुसेवा कम्पनीले यो भन्दा बढी छुट दिन चाहेको अवस्थामा लागु गर्न सक्ने छन्।' उनले भने। हाल बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले पोखरा, विराटनगर, धनगढी, भैरहवा, नेपालगञ्ज, भद्रपुर, भरतपुर, भरतपुर लगायतका गन्तब्यमा नियमित उडान गर्दै आएका छन्।