BIZMANDU
www.bizmandu.com

निक्षेपबाहेक बैंकको बाँकी कारोबार बन्द, नोटका लागि खास खास शाखा मात्र खोल्ने स्वीकृति माग

२०७६ चैत्र ७


काठमाडौं। सरकारले कोरोनाको प्रकोपबाट जोगिन सावधानी अपनाउन अपिल गरेपछी निजी क्षेत्रका प्रतिष्ठानहरु बन्द हुने भएका छन्।

Tata
GBIME
Nepal Life

तर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, इन्टरनेट सेवा प्रदायक कम्पनी, खाद्य कम्पनीलगायत भने खुल्ने भएका छन्।

अत्यावश्यक क्षेत्र खुल्नै पर्ने भएपछि ब्याक अफिसमा बसेर काम गर्ने कर्मचारीलाई के गर्ने भन्ने अन्यौलता देखिएको छ। बैंकरहरुले प्रधानमन्त्रीको भाषण सुनिसकेपछि बैंकरले ब्याक अफिसका कर्मचारीलाई बिदा दिने ब्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

नियमित निक्षेपको कारोबार बाहेक अन्य बैंकिङ गतिविधि रोकिने भएको छ। त्यसो हुँदा नोटका लागि मात्र खासखास शाखा खोल्दा हुने बैंकरले सुझाब दिएका छन्।