BIZMANDU
www.bizmandu.com

पुर्नबीमाको आइपिओ मध्यम स्तरको लगानी, ठूला लगानीकर्ताको खासै चासो रहेन

२०७६ चैत्र ७


काठमाडौं। पुर्नबीमा कम्पनीले निष्काशन ‍खुल्ला गरेको १ करोड ६० लाख कित्ता आइपिओ लगानी योग्य मध्यम स्तरको रहेको छ।

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र बोर्डले गत फागुन ४ गते नेपाल पुर्नबीमा कम्पनीलाई आइपिओ निष्काशनको अनुमति दिएको थियो। 

अनुमति पाएसँगै नेपाल पुर्नबीमा कम्पनीलेचैत ४ गतेबाट१ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आइपिओ निष्काशन खुल्ला गरेको छ।

‘निष्काशन खुल्ला गरिएको आइपिओ लगानी योग्य मध्ययम स्तरको रहेको छ। उक्त आइपिओरिर्टनका हिसावले मध्ययम स्तर, तत्काल धेरै डिभिडेन्ट दिन नसक्नेर करिव २ सय प्रतिशतभन्दा माथि पुँजीगत लाभ दिन नसक्नेरहेको छ।’, शेयर विश्लेषक प्रकाश तिवारीलेबिजमाण्डूलाई बताए।

पुर्नबीमाको आइपिओ
हालै पुर्नबीमा कम्पनीले निष्काशन गरेको १ करोड ६० लाख कित्ता आइपिओ लाई ईक्रा एनपि आईपिओ ग्रेड २ प्रदान गरेको छ। अर्थात उक्त आइपिओ मध्ययम स्तरभन्दा माथिको श्रेणीमा राखिएको छ। साथै लगानिकर्ताले पनि यसलाई लगानी योग्य मध्ययम स्तरको मानिरहेका छन्।

यो कम्पनी करिव १० अर्ब रुपैयाँ जारी पुँजी भएको कम्पनी हो।उक्त रकमले यसलाई ठूलो आकार भएको कम्पनीमा सूचिकृत गरेको छ।शेयर विश्लेषक प्रकाश तिवारीले भने- ‘कम्पनीको आकारले गर्दा पनि१/२ वर्षसम्म१/२ सय प्रतिशत भन्दा माथि पुँजीगत फाइदा दिन सक्दैन।’हालै निष्काशन गरिएको पुर्नबीमाको आइपिओ ले तत्कालैधेरै डिभिडेन्ट दिन नसक्नेजनाइएको छ।यो कम्पनीको डिभिडेन्ट१०/१२ प्रतिशत भन्दा माथिजान नसकिने समेत अनुमान गरिएको छ।

‘३/४वर्षको अवधिमा कम्पनीले १०/१५प्रतिशतको हाराहारीमारिर्टन दिन सक्ने छ’, उनले भने।

लक्षित लगानीकर्ता
नेपाल सरकारले सबै जनताको पहुँचमा शेयर पुर्याउने लक्ष्य लिएको छ। पुर्नबीमा कम्पनी पनि सरकारी मातहतमा आउने कम्पनी हो। त्यसैले कम्पनीले सबैको पहुँचमाशेयर पुर्याउनका लागियो आइपिओ निष्काशन गरेको हो। 

‘एक जनाको भागमा करिव २०/३० कित्ता शेयर मात्रै पर्ने दखिएको छ। जसले गर्दा यो शेयरले खासै ठूला लगानीकर्तालाई आकर्षण गर्न नसकेको हो’, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए।विशेषगरि यो आइपिओ को लक्षित वर्ग भनेको गृहिणी र विद्यार्थी रहेका छन्।

आइपिओ को विवरण
कम्पनीले १ करोड ६० लाख कित्ता आइपिओ निष्काशन गरेको हो। कम्पनीको कुल जारी पुँजीको १६ प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गरेको छ। कम्पनीको जारी पुँजी भने १० अर्ब रुपैयाँ रहेको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले साधारण शेयर निष्काशन गरिएको छ। 

कम्पनीले निष्काशन गरेको शेयर मध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीका लागि, ८ लाख कित्ता सामुहिक लगानी कोष र १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता शेयर भने सर्वसाधारणका लागि निष्काशन गरिएको छ। निष्काशन तथा बिक्री प्रवन्धक भने आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। 

साधारण शेयरको निष्काशन भने चैत ४ गते देखि खुल्ला गरिएको छ। निष्काशनको अन्तिम मिति चैत ७ गते रहेको छ। समय थप भए पश्चातको अन्तिम मिति भने चैत १८ गते तोकिएको छ। 

निष्काशनबाट प्राप्त पुँजीको ५ प्रतिशत बस्तु तथा सेवा विकास, २० प्रतिशत पूर्वाधार तथा क्षमता विकास र ७५ प्रतिशत लगानी तथा जोखिम व्यवस्थापनमा लगानी गर्ने नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले जनाएको छ। 

आइपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँबाट १० अर्ब कायम हुनेछ। कम्पनीले निष्काशन गर्न लागेको साधारण शेयरका लागि क्रेडिट रेटिङ्गमा आईपिओ ग्रेड२ पाएको छ।