BIZMANDU
www.bizmandu.com

विद्यार्थीलाई घर पठाउन रुट इजाजत खुला, नेपाल-भारत मैत्री बस सेवा स्थगित गर्ने निर्णय

२०७६ चैत्र ६

विद्यार्थीलाई घर पठाउन रुट इजाजत खुला, नेपाल-भारत मैत्री बस सेवा स्थगित गर्ने निर्णय
विद्यार्थीलाई घर पठाउन रुट इजाजत खुला, नेपाल-भारत मैत्री बस सेवा स्थगित गर्ने निर्णय

Tata
GBIME

काठमाडौं। सरकारले यात्रुवाहक सवारी साधनका लागि वैशाख ३ गतेसम्मका लागि बाटो इजाजत खुला गरेको छ। देशभर यात्रुवाहक बस संचालनका लागि रुट आवश्यक पर्दैन्।

यातायात व्यपस्था विभागले चैत मसान्तसम्मका लागि सबै शैक्षिक संस्था र परीक्षा स्थगित गरिएको र ती सबै विद्यार्थी एकैपटक घर फर्किने भएकाले इजाजतपत्र खुला गरेको हो। विभागले विपी राजमार्गको हकमा भने मापदण्डभित्र पर्ने हुँदा आवश्यकता अनुसार सेवा दिन आग्रह गरेको छ।

विभागले हाल १३ वटा रुटमा संचालनमा रहेका नेपाल-भारत मैत्री बस सेवा तत्काल स्थगित गर्ने निर्णय समेत गरेको छ। विभागले यात्रुवाहक सार्वजनिक यातायातमा दैनिक रुपमा आफ्नो सवारी साधन सफा गरेर जिवाणुरहित बनाउने र सम्भव भएसम्म स्यानिटाइजर राख्न समेत आग्रह गरेको छ।