BIZMANDU
www.bizmandu.com

गभर्नर नियुक्तिमा ढिलाइ, मन्त्रीपरिषद् बैठक बसेलगत्तै समिति, ‘गभर्नरको टुंगो लागिसक्यो’

२०७६ चैत्र ४

गभर्नर नियुक्तिमा ढिलाइ, मन्त्रीपरिषद् बैठक बसेलगत्तै समिति, ‘गभर्नरको टुंगो लागिसक्यो’
गभर्नर नियुक्तिमा ढिलाइ, मन्त्रीपरिषद् बैठक बसेलगत्तै समिति, ‘गभर्नरको टुंगो लागिसक्यो’

मन्त्रीपरिषद् बैठक बस्न ढिला हुँदा गभर्नरको यो कुर्सी केही समय खाली हुने सम्भावना देखिएको छ।

Tata
GBIME

काठमाडौं। गभर्नरका रूपमा पाँच वर्षे कार्यकाल पूरा गरेर बुधबारबाट डा. चिरञ्जीवी नेपाल अवकाश हुन लागेपनि सरकारले नयाँ गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउन सकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपण गरेर स्वास्थ लाभ गरिरहेकाले मन्त्री परिषद्को बैठक बस्न सकेको छैन। बैठकले अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय गभर्नर सिफारिस समिति बनाउनुपर्ने राष्ट्र बैंक ऐनमा ब्यवस्था छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा पुराना गभर्नर अवकाश हुनुअघि नै नयाँ गभर्नर नियुक्त भइसक्ने बताएका थिए।

सरकारले भोलिसम्म नयाँ गभर्नर नियुक्त गर्न नसके वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कामु गभर्नरको जिम्मेवारी पाउने छन्। उनले गभर्नरले गर्ने प्रशासनिक काम मात्र गर्न पाउने छन्।

प्रतिस्पर्धामा धेरै देखिएपनि गभर्नर कसलाई बनाउने तय भएसकेको प्रधानमन्त्री निकट स्रोतको दाबी छ। प्रधानमन्त्रीले मन्त्रीपरिषद्को बैठक डाकेर सिफारिस समिति बनाएकै दिन वा भोलिपल्टै नयाँ गभर्नर गर्ने योजनामा अर्थमन्त्री छन्।

अहिले गभर्नरमा चिन्तामणि शिवाकोटी, महाप्रसाद अधिकारी, डा. मीनबहादुर श्रेष्ठ, राजन खनाल, सुवोधकुमार कर्ण र लालशंकर घिमिरेलगायतको चर्चा छ।