BIZMANDU
www.bizmandu.com

एनआईसी एशिया बैंक र हायात रिजेन्सी होटलबीच सम्झौता, होटलको सेवामा १५% छुट पाइने

२०७६ चैत्र ३

एनआईसी एशिया बैंक र हायात रिजेन्सी होटलबीच सम्झौता, होटलको सेवामा १५% छुट पाइने
एनआईसी एशिया बैंक र हायात रिजेन्सी होटलबीच सम्झौता, होटलको सेवामा १५% छुट पाइने

Tata
GBIME

काठमाडौं। एनआईसी एशिया बैंक र हायात रिजेन्सी होटलबीच सेवामा छुट दिने सम्झौता भएको छ। यो सम्झौतापछि बैंकका ग्राहकले होटलको सेवामा १५ प्रतिशत छुट पाउनेछन्।

समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र होटलको तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरे।

बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५ प्रतिशतसम्म छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।