BIZMANDU
www.bizmandu.com

एसयुभीमा जीपको नयाँ अफरोड संस्करण ‘र्‍याङ्लर रुविकोन,’ भारतमा मार्च १५ तारिखदेखि डेलिभरी दिने

२०७६ फागुन २४

एसयुभीमा जीपको नयाँ अफरोड संस्करण ‘र्‍याङ्लर रुविकोन,’ भारतमा मार्च १५ तारिखदेखि डेलिभरी दिने
एसयुभीमा जीपको नयाँ अफरोड संस्करण ‘र्‍याङ्लर रुविकोन,’ भारतमा मार्च १५ तारिखदेखि डेलिभरी दिने

Tata
GBIME
Nepal Life

काठमाडौं। जिप कम्पनीले एसयुभी सिरिजमा आफ्नो नयाँ मोडल 'र्‍याङ्लर रुविकोन' भारतमा सार्वजनिक गरेको छ। कम्पनीले आउँदो मार्च १५ देखि पाँचवटा ढोकायुक्त उक्त एसयुभी डेलिभरी दिने जनाएको छ।

अमेरिकाबाट आयात गरिएको यो मोडलको गाडीप्रति एसयुभीका मोडलमा रूचि राख्ने भारतीयमा प्रशस्त चासो रहेको कम्पनीले जनाएको छ। नयाँ मोडल ल्याउने खबर सार्वजनिक भएदेखि नै भारतीय ग्राहकले अग्रिम बुकिङ गराइरहेका छन्।  फोर-व्हिल ड्राइभमा आधारित यो गाडी विशेषगरी अफरोड प्रयोजनका लागि उत्पादन गरिएको कम्पनीले जनाएको छ।  गाडीको व्राङलर सिरीजको गाडीमध्ये रुविकोन अहिलेसम्मकै शक्तिशाली उत्पादन रहेको कम्पनीले दाबी गरेको छ।

'बौद्धिक भारतीय ग्राहकलाई आउने दिनमा कुन प्रकारको सवारीसाधन खरिद गर्नुपर्छ भन्ने कुरा थाहै छ। धेरै गाहक विश्वकै वहुप्रतीक्षित सवारीसाधनको पर्खाइमा छन्,' भारतस्थित एफसिए इण्डियाका अध्यक्ष एवं प्रबन्ध निर्देशक पार्था दत्तले भने।

एड्भान्स फ्युल एफिसीयन्ट पावरट्रेनयुक्त यो गाडीमा अत्याधुनिक प्रविधि सहितको सुरक्षा उपकरण जडान गरिएको कम्पनीले जनाएको छ। अल-व्हिल ड्राइभ अन्तर्गतको यो गाडीमा लो रेन्जर गियर रेसियो, फुल टाइम टर्क म्यानेजमेन्ट र दाना-४४ मोडलको अटोमोटिभ एक्सेलसहितको स्पिड ट्रान्सफर जडान गरिएको छ।

गाडीलाई सस्पेन्सन प्रविधिमार्फत संचालन गर्न सकिने हुँदा 'अफ रोड' क्षमता थप मजबुत रहेको कम्पनीले जनाएको छ। यो गाडीको ग्राउण्ड क्लियरेन्स २१७ एमएम छ। चारवटा सिलिण्डर, डबल ओभरहेड क्याम साफ्ट (डिओएचसी), २६८ हर्सपावर, ४०० न्यूटन मिटरयुक्त २.० लिटरको टर्बोचार्ज्ड इन्जिन रहेको कम्पनीले जनाएको छ। टर्बो पेट्रोल इन्जिनयुक्त यो गाडीमा अटोमेटिक ट्रान्समिसन युक्त आठ स्पिड रहेको छ।

गाडीमा चालक र यात्रुका लागि फ्रन्ट र साइड एयरब्याग छ।  सुरक्षालाई मध्यनजर गर्दै गाडीमा पार्क एसिस्ट सिस्टम, रेयर ब्याकअप क्यामरा, इलेक्ट्रोनिक स्टावलिटी कन्ट्रोल, एन्टीलक ब्रेकीङ सिस्टम, हिल-स्टार्ट एसिस्ट, हिल-डिसेन्ट कन्ट्रोल, इलेक्ट्रोनिक रोल मिटीगेसन, टायर प्रेसर र मोनिटरीङ लगायतका फिचर जडान गरिएको कम्पनीले जनाएको छ।  भारतमा यो गाडीको मूल्य ६९ लाख भारु निर्धारण गरिएको छ।