BIZMANDU
www.bizmandu.com

विराटनगरमा आरके सिटी सेन्टर सञ्चालनमा आयो, चैतभरी बिभिन्न सामाग्रीमा छुट पाइने

२०७६ फागुन २३

Tata
GBIME
Nepal Life

विराटनगर। विराटनगरमा शुक्रबारदेखि  आरके सिटी सेन्टर संचालनमा आएको छ। सेन्टरले  बिभिन्नगार्मेन्टतर्फ २० हजारको खरिदमा ८ हजार छुट दिएको छ । गार्मेन्टमा १५ प्रतिशत छुट दिएको सेन्टरले २० हजारमाथिको खरिदमा थप ५ हजार क्यास ब्याक दिएको जनाएको छ।

‘यस हिसाबले २० हजारको खरिदमा ८ हजार छुट भयो’, सेन्टरका प्रबन्धक राजेश प्रसाईंले भने, ‘१५ प्रतिशत छुटको ३ हजार र क्यासब्याक ५ हजार ।’

सेन्टरले होम डेकोर र गिफ्ट आइटममा १५ प्रतिशत, फर्निचरमा १५, गार्मेन्टमा १५, इलेक्ट्रोनिक्समा १०, पेय पदार्थमा ५ र ग्रोसरीमा ५ देखि १५ प्रतिशत छुट दिइरहेको प्रबन्धक प्रसाईंले जानकारी दिए ।

‘गार्मेन्टमा १५ प्रतिशतसहित थप छुट पनि छ’, उनले भने, ‘६ हजारदेखि ९ हजार ९ सय ९९ सम्मको खरिदमा १ हजार क्यासब्याक, १० हजारदेखि १९ हजार ९ सय ९९ सम्मको खरिदमा २ हजार क्यासब्याक र २० हजार माथिको खरिदमा ५ हजार क्यास ब्याकको स्किम छ ।’

सेन्टरले छुटको योजना चैत महिनाभरि चलाइने र वैशाख लागेपछि नयाँ स्किमको घोषणा गरिने उनले उल्लेख गरे ।

विराटनगर ८ स्थित हाटखोलामा अवस्थित ८ तले सिटी सेन्टरमा अत्याधुनिक मल्टिप्लेक्स, रुफ टप स्विमिङ पुल, रुफ टप स्काई बार, जिम, जुम्बा, अक्वा जुम्बा, किड्स प्ले जोन र बोता मोमोको फ्रेन्चाइज राखिएका छन् ।

बोता मोमोका सञ्चालक सविन श्रेष्ठका अनुसार बोताको काठमाडौंबाहिर यो पहिलो फ्रेन्चाइज हो । बोताले विभिन्न स्वादका १५ प्रकारको मोमो उत्पादन गरिरहेको छ । साथै मोमोसित ४ प्रकारका चटनी दिने गरेको छ ।