BIZMANDU
www.bizmandu.com

भारतमा मारुती-सुजुकी गाडीको बिक्री एक महिनामै डेढ लाख नाघ्यो, तैपनि गत वर्षभन्दा कम

२०७६ फागुन २१

भारतमा मारुती-सुजुकी गाडीको बिक्री एक महिनामै डेढ लाख नाघ्यो, तैपनि गत वर्षभन्दा कम
भारतमा मारुती-सुजुकी गाडीको बिक्री एक महिनामै डेढ लाख नाघ्यो, तैपनि गत वर्षभन्दा कम

 

Tata
GBIME
Nepal Life

काठमाडौं। भारतमा मारुती-सुजुकीका गाडीको विक्री एक महिनामै डेढ लाख नाघेको छ। तर यो बिक्री गत वर्षको भन्दा कम हो। गत वर्षको भन्दा यो वर्ष मारुतीको गाडी बिक्रीमा ३.६ प्रतिशतले गिरावट आएको कम्पनीले जनाएको छ।

गत वर्षको फेब्रुअरीमा एक लाख ४८ हजार ६ सय ८२ वटा गाडी बिक्री गरेको थियो। यो वर्ष एक लाख ४७ लाख एक सय १० वटा गाडी विक्री गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो महिना आन्तरिकतर्फ एक लाख ३४ हजार एक सय ५० गाडी बिक्री भएका छन्।

यो महिना गाडी निर्यात ७.१ प्रतिशतले वृद्धि भएको छ। कम्पनीका अनुसार १० हजार दुई सय ६१ गाडी निर्यात भएको छ। गत महिना कम्पनीले विक्री गरेको एक लाख ३६ हजार नौ सय १२ वटा गाडीमध्ये एक लाख ३३ हजार सात सय दुईवटा गाडी यात्रुवाहक थिए भने बाँकी व्यवसायिक गाडी रहेको जनाएको छ।