BIZMANDU
www.bizmandu.com

नेपालमा टोयोटा गाडीको बिक्री घट्यो, साढे ८७ करोड ऋण लिँदै इस्ट लिंक, पोहोरको बिक्री २ अर्ब

२०७६ फागुन ७

नेपालमा टोयोटा गाडीको बिक्री घट्यो, साढे ८७ करोड ऋण लिँदै इस्ट लिंक,  पोहोरको बिक्री २ अर्ब
नेपालमा टोयोटा गाडीको बिक्री घट्यो, साढे ८७ करोड ऋण लिँदै इस्ट लिंक, पोहोरको बिक्री २ अर्ब

Tata
GBIME
Nepal Life

काठमाडौं। टोयोटा गाडीको बिक्रेता इस्ट लिंक मोटर्स प्रालिले बैंकबाट ८७ करोड ५० लाख रुपैयाँ ऋण लिने भएको छ। यो ऋणका लागि कम्पनीले इक्रा नेपालसँग रेटिङ गराएको छ।

कम्पनीले 'इक्रा एनपी ए फोर प्लस' रेटिङ पाएको छ। यो कम जोखिम भएको संकेत हो। टोयोटा गाडीको क्षेत्रीय विक्रेताका रूपमा १३ वर्षअघि स्थापना भएको कम्पनीको काठमाडौंको लैनचौर र ललितपुरको कुपन्डोलमा सोरुम छ।

यसको सञ्चालकमा नारायणप्रसाद पौडेल, राजेन्द्रविक्रम पौडेल र डा. धनन्यज रेग्मी छन्। कम्पनीमा सबै संचालकको बराबरी सेयर छ। रेग्मी कम्पनीका प्रबन्ध निर्देशक हुन्। कम्पनीले चार वर्षअघिबाट उपलब्ध गराएको तथ्यांकअनुसार, गाडीको बिक्री निरन्तर बढेको छ। तर सन् २०२० को प्रक्षेपित वासलात अनुसार गाडी बिक्री घट्ने देखिन्छ।

कम्पनीले २०१६ मा एक अर्ब ४१ करोड १७ लाख रुपैयाँ गाडी बिक्री गरेको थियो। २०१९ सम्म आउँदा बिक्री एक अर्ब ९१ करोड पुगेको छ। तर २०२० को ६ महिनाको तथ्यांकमा ७३ करोड ८० लाख रुपैयाँको बिक्री देखिएको छ।

पछिल्लो समय कम्पनीको गाडी बिक्री दर घट्दै गएको इक्राले जनाएको छ। कम्पनीले सबैभन्दा बढी र्‍याभ फोर र प्राडो बिक्री गर्दै आएको छ। तर सरकारले वृद्धि गर्दै लगेको कर, राष्ट्र बैंकले कडाइ गर्दै लगेको फाइनान्सिङका कारण बिक्री कम देखिन थालेको छ। 'पर्सनल भेहिकल' को बिक्री खासगरी बैक फाइनान्समा निर्भर हुन्छ, यसको कडाइका कारण बिक्री घटेको विश्लेषण इक्राले गरेको छ।

कम्पनीलाई प्रतिस्पर्धाको चुनौती पनि थपिएको छ। खासगरी होन्डा, निसान र प्रिमियम उत्पादन भएका हुन्डाइ र फोर्डका गाडीहरुसँग पनि टोयोटा ब्रान्डले प्रतिस्पर्धा गरिरहनु परेको इक्राको बुझाइ छ। त्यसैले कम्पनीको 'कन्सन्ट्रेसन जोखिम' एकदमै उच्च छ। त्यही भएर पनि कम्पनीको बिक्रीमा गिरावट देखिएको छ। कम्पनीको एसयुभी सेग्मेन्ट प्राडो, र्‍याभ-फोर र फर्चुनर मात्रै बिक्री हिस्सा ५९ प्रतिशत रहेको छ।

कम्पनीले कुल ८७ करोड ५० लाख ऋण दुई वटा सेग्मेन्टमा लिन लागेको छ। कम्पनीले कोषमा आधारित अल्पकालीन ऋण २५ करोड ५० लाख रुपैयाँ लिन लागेको हो भने ६२ करोड रुपैयाँ गैरकोषमा आधारित ऋण लिन लागेको छ।