BIZMANDU
www.bizmandu.com

महिन्द्रा एक्सयूभी-३००ले पायो सेफर च्वाइस अवार्ड, यस्तो छ अवार्ड पाउनुको आधार

२०७६ फागुन ६

महिन्द्रा एक्सयूभी-३००ले पायो सेफर च्वाइस अवार्ड, यस्तो छ अवार्ड पाउनुको आधार
महिन्द्रा एक्सयूभी-३००ले पायो सेफर च्वाइस अवार्ड, यस्तो छ अवार्ड पाउनुको आधार

Tata
GBIME
Nepal Life

काठमाडौं। महिन्द्रा एक्सयूभी-३००ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ। यो अवार्ड भारतमा बिक्री हुने कारहरूमध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गरिन्छ।

महिन्द्रा एक्सयूभी- ३०० ले यहि जनवरी महिनामा मात्र वयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन सफल भएको थियो। ग्लोबल एनसीएपीले सन् २०१८ मा सम्पन्न भएको दिल्ली अटो एक्स्पोका क्रममा ‘सेफर च्वाइस’ अवार्डको प्रतिस्पर्धा गरेको थियो।

कम्पनीका अनुसार ग्लोबल एनसीएपीको बजार परीक्षण प्रोटोकलको नवीनतम संस्करणअनुसार मोडलले सवारी साधनमा रहने वयस्कका सुरक्षामा फाइभ स्टार स्कोर प्राप्त गरेको हुनुपर्छ।

कुनैपनि मोडलले सवारी साधनमा रहने बालबालिकाका सुरक्षामा कम्तिमा फोर स्टार स्कोर प्राप्त गरेको हुनुपर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार मोडलमा विद्युतीय स्थिरता नियन्त्रण (इएससी) हुनुपर्छ र संयुक्त राष्ट्र संघको नियम यूएन १३ एच, यूएन १४० वा जीटीआर ९ अनुसारका प्रदर्शन आवश्यकताहरू पूरा गरेकै हुनुपर्छ।

ग्लोबल एनसीएपीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डेभिड वार्डले महिन्द्रा र भारतीय अटो उद्योगका लागि ऐतिहासिक क्षण भएको बताउँदै मुलुककै लागि सवारी साधन सुरक्षा प्रदर्शनका लागि महत्वपूर्ण विन्दु बनेको बताए।