BIZMANDU
www.bizmandu.com

वीरगंजमा बिटु किराना स्टोर्सको आगलागी नियन्त्रणमा, ४० लाख बराबरको क्षति भएको अनुमान

२०७६ फागुन ६

Tata
GBIME
Nepal Life

वीरगंज। वीरगंज–६ माईस्थान पार्कको पश्चिम पट्टि रहेको बिटु किराना स्टोर्सको गोदाममा भएको आगालागी नियन्त्रणमा आएको छ ।

सोमबार दिउँसो डेढ बजे विद्युतीय शर्ट भएर लागेको आगो वारुण यन्त्रकर्मी,सुरक्षाकर्मीको प्रयासमा ३ घण्टापछि अपरान्ह ४ बजे नियन्त्रण्मा आएको पर्सा प्रहरीले जनाएको छ ।

पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले वीरगंज महानगरको ३ वटा वारुण यन्त्र,नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेनालगायतको पहलमा किराना पसल भित्र लागेको आगो नियन्त्रण्मा आएको बताए ।

पसलमा क्षति बारे करिब ४० लाखको क्षति भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘पसलको सञ्चालक मनोज गुप्ता,(कलवार)ले ७०/८० लाखको समान रहेको भनेका छन्,’पर्साका प्रहरी नायब उपरीक्षक शाहीले भने,‘सबै समान जलेको छैन,करिब ५० प्रतिशत समान जलेको छ,मुचुल्का गर्दा यकिन विवरण भन्न सकिन्छ ।’तर यसरी हेर्दा ४० लाख क्षतिको क्षति भएको हुन सक्ने अनुमान छ ।

पसलमा तेलजन्य पदार्थ बढि भण्डारण गरिराखिएको कारण आगालागी नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ।