BIZMANDU
www.bizmandu.com

सिजि टेलिकमको अर्को विज्ञप्ति-‘अनुदान उपहार होइन, मापदण्ड पूरा गरेपछि एसटीएमले रकम पाएको हो’

२०७६ फागुन ४

सिजि टेलिकमको अर्को विज्ञप्ति-‘अनुदान उपहार होइन, मापदण्ड पूरा गरेपछि एसटीएमले रकम पाएको हो’
सिजि टेलिकमको अर्को विज्ञप्ति-‘अनुदान उपहार होइन, मापदण्ड पूरा गरेपछि एसटीएमले रकम पाएको हो’

Tata
GBIME
Nepal Life

काठमाडौं। सिजि टेलिकमले अनुदान उपहार नभएको जिकिर गर्दै कार्यप्रगति र मापदण्ड पूरा गरेपछि मात्रै तात्कालिन एसटिएमले विश्व बैंकको अनुदान पाएको जनाएको छ।

एसटिएम प्रालिले पूर्वाञ्चलका ग्रामीण क्षेत्रमा दूरसंचार सेवा पुर्‍याउन विश्व बैंकमार्फत प्राप्त पुँजीगत अनुदान पाएको थियो। एसटिएमले त्यो बेलामा १ करोड ८ लाख डलर पाएको थियो।

 ‘तोकिएको समय र क्षेत्रमा १४ सय पिसीओ स्थापना गरेपछि एसटिएमलाई दूरसंचार प्राधिकरणले १२ वर्ष अगाडि सम्पन्नताको प्रमाणपत्र जारी गरेको थियो,' कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘विश्व बैंकले विशिष्ट प्रणालीको आधारमा रही सहयोग प्रदान गर्छ। त्यसको नियमन र सुपरिवेक्षणमा पनि निश्चित मापदण्ड तय गरिएको हुन्छ। यो अनुदान उपहार होइन। सर्त अनुसार कार्यप्रगति र मादण्ड पूरा भएपछि पाँच किस्तामा रकम निकासा गरिएको देखिन्छ।’

सिजीले एसटिएम सन् २०१३ मा खरिद गरेको थियो। सूचना, संचार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिजीले विश्व बैंकबाट लिएको अनुदानको समेत छानबिन हुने बताएपछि सिजीले यो विज्ञप्ती जारी गरेको हो।

विश्व बैंकको ऋण सहयोगमा संचालित 'दूरसंचार क्षेत्र सुधार परियोजना' अन्तर्गत सन् २००३मा पूर्वाञ्चलको पाँच सय ३४ गाविसमा टेलिफोन सेवा उपलब्ध गराउनका लागि तत्कालिन एसटिएम कम्पनी छनोट भएको जनाएको छ।