BIZMANDU
www.bizmandu.com

अशोक राणाको तलब १३ लाखले बढेर एक करोड ६९ लाख, राजधानी बाहिरका शाखा प्रबन्धकलाई आवास

२०७६ फागुन ४

अशोक राणाको तलब १३ लाखले बढेर एक करोड ६९ लाख, राजधानी बाहिरका शाखा प्रबन्धकलाई आवास
अशोक राणाको तलब १३ लाखले बढेर एक करोड ६९ लाख, राजधानी बाहिरका शाखा प्रबन्धकलाई आवास



काठमाडौं। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाको तलब सुविधा वर्ष दिनमा १३ लाख ३४ हजार रूपैयाँले बढेको छ।

Tata
GBIME
Nepal Life

बैंकले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै राणाले एक वर्षको अवधिमा कुल एक करोड ६९ लाख ११ हजार रूपैयाँ तलव सुविधा लगेको जनाएको छ। यसमा तलब ८२ लाख ८ हजार, भत्ता ७३ लाख ९२ हजार, टेलिफोन सुविधा ४ लाख १८ हजार ३९५ र विविध ८ लाख ९२ हजार ७०५ रूपैयाँ बुझेका छन्।

यसबाहेक उनले गाडी र बीमा सुविधा पाउने छन्। गत वर्ष राणाको तलब सुविधा एक करोड ५५ लाख ७७ हजार रूपैयाँ थियो।

उच्च ब्यवस्थापनमा रहेकाहरुले वर्ष दिनमा २८ करोड १२ लाख रूपैयाँ तलब सुविधा बुझेका छन्। गत वर्ष ब्यवस्थापन तहको २५ करोड ५२ लाख रूपैयाँ तलब सुविधा थियो। गत वर्ष ९७ जना ब्यवस्थापक थिए भने यसपाली ९९ जना पुगेका छन्। ब्यवस्थापन तहका सबैलाई गाडी र बीमा सुविधा उपलब्ध छ।

बैंकले विदेशी कर्मचारी तथा उपत्यका बाहिरका शाखा प्रमुखका लागि सुविधायुक्त आवासको ब्यवस्था गरिदिएको छ।