BIZMANDU
www.bizmandu.com

माइक्रोवेब प्रविधिबाट इन्टरनेट पुर्‍याउन एनटीएको टेण्डर, परियोजनाको लागत एक अर्ब रूपैयाँ

२०७६ फागुन ३

Tata
GBIME
Nepal Life

काठमाडौ। नेपाल दूरसंचार प्राधिकरणले निर्माण गरिरहेको ब्रोडब्याण्ड परियोजनाअन्तर्गत बिभिन्न पाँच जिल्लाको लागि टेण्डर प्रक्रिया सुरु गरेको छ।

प्रदेश ५ को दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशका  कैलाली र कञ्चनपुरमा अप्टिकल फाइबर तथा माइक्रोवेब टेक्नोलोजीमार्फत इन्टरनेट पुर्‍याउन प्राधिकरणले शुक्रबार टेण्डर निकालेको हो।

यसअघि यो आयोजना निर्माणका लागि  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक,भायनेट र टेक माइण्डले दिएको टेण्डर आवेदन प्राधिकरणले रद्द गरेको थियो। आयोजनाको करीब एक अर्ब रुपैयाँ लागत छ। यो खण्डअन्तर्गत करीब २६ सय किलोमिटर अप्टिकल फाइबर नेटवर्क निर्माण हुनेछ। प्राधिकरणले ग्रामीण दूरसंचार विकास कोषको रकम प्रयोग गर्दै यो परियोजना निर्माण गर्न लागिएको हो।

प्राधिकरणले देशैभरिका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक माध्यामिक बिद्यालय र सामुदायिक स्वास्थ्य सस्था तथा केन्दहरुमा तीब्र गतिको इन्टरनेट पुर्‍याउने सरकारको लक्ष अनुसार यो परियोजना निर्माण गरिरहेको छ। विभिन्न १८ वटा प्याकेज बनाई परियोजना निर्माण सुरु गरेको  थियो। यस अन्तर्गत १० वटा प्याकेजको काम सकिएको छ।