BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकले खोटाङमा खोल्यो शाखा, १ % नाफा त्यही सामाजिक काममा खर्चिने

२०७६ फागुन २

ग्लोबल आइएमई बैंकले खोटाङमा खोल्यो शाखा, १ % नाफा त्यही सामाजिक काममा खर्चिने
ग्लोबल आइएमई बैंकले खोटाङमा खोल्यो शाखा, १ % नाफा त्यही सामाजिक काममा खर्चिने

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकको खोटाङ शाखा शुक्रबारदेखि औपचारिक रुपमा संचालनमा आएको छ। यो शाखाको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राई र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा गरे।

मेयर रिजालले खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा बैंकले बिस्तार गरेको सेवा संजालले आर्थिक विकासमा सहयोग पुग्ने बताए।
प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँमा छरिएर रहेको पुँजीलाई संकलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गरे।

संघका अध्यक्ष राईले जिल्लामा छरिएर रहेको पुँजीलाई संकलन गरी जिल्लामै साना तथा मझौला उद्यमको विकास तथा जिल्लाको कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव दिए।
बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट अन्तर्राष्ट्रियस्तरको बैंकिङ्ग सेवा उपलब्ध हुने प्रतिवद्धता व्यक्त गरे।

अध्यक्ष ढकालले शाखामा जम्मा भएको रकम त्यही लगानी गर्ने बताउँदै  आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा सामाजिक कार्यहरुमा खर्चिने बताए।

कार्यक्रममा बैंकका वरिष्ठ नायव कार्यकारी अधिकृत महेश शर्मा ढकालले १३ वर्षअघि स्थापना भएको बैंकले सबै क्षेत्रमा बैकिङ सुविधा पुर्याउन प्रयत्नशील रहेको बताए।