BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता आजबाट, बिजेतालाई एफजेड भी बाइक

२०७६ फागुन २

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता आजबाट, बिजेतालाई एफजेड भी बाइक
माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता आजबाट, बिजेतालाई एफजेड भी बाइक


काठमाडौं। माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। आजदेखि ७ गतेसम्म त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ। 

Tata
GBIME

प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउने छन्। माछापुच्छ«े बैंक र एसएस इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आयोजित पत्रकार सम्मेलनमा माछापुछ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूराभएको जानकारी गराईएको हो। 

प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउदै बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै आयोजना गरिएको बताए। 

एसएस इभेन्ट्स प्रालिको आयोजना तथा माछापुछ्रे बैंकको मुख्य प्रायोजनमा आयोजना हुने प्रतियोगितामा सर्वोत्कृष्ठ हुने खेलाडीले यमाहाको तर्फबाट एफजेड भी बाईक प्राप्त गर्नेछन् । प्रतियोगिता ५ ओभरको हुने छ।