BIZMANDU
www.bizmandu.com

सनराइज बैंक र क्युएफएक्स सिनेमाबीच सहकार्य, टिकट खरीदमा पपकर्न निशुल्क

२०७६ फागुन १

सनराइज बैंक र क्युएफएक्स सिनेमाबीच सहकार्य, टिकट खरीदमा पपकर्न निशुल्क
सनराइज बैंक र क्युएफएक्स सिनेमाबीच सहकार्य, टिकट खरीदमा पपकर्न निशुल्क

Tata
GBIME

काठमाडौं। सनराइज बैंकले क्युएफएक्स सिनेमासँगको सहकार्यमा सनराइज पपकर्न मेनिया योजना ल्याएको छ।

यो योजना अनुसार बैंकका ग्राहकले क्युएफएक्स सिनेमाका सम्पूर्ण सिनेमा हलमा कुनैपनि चलचित्र खरीदमा प्रति टिकटमा पपकर्न निशुल्क पाइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरेर क्युएफएक्सको पिओएस टर्मिनलमार्फत भुक्तानी गर्नुपर्नेछ। प्रति कारोबार अधिकतम पाँच वटासम्म पपकर्न निशुल्क पाइने बैंकले जनाएको छ।

सोमबार सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र टिम क्वेस्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले हस्ताक्षर गरे।