BIZMANDU
www.bizmandu.com

दादुरा रुबेला अभियानको जनचेतना जगाउँदै एनसेल, स्वास्थ्य मन्त्रालयले दियो धन्यवाद

२०७६ फागुन १

Tata
GBIME

काठमाडौं। एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियानलाई सघाउने भएका छन्।

सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ । यो विहिबारदेखि सुरु भएर फागुन ३० गतेसम्म संचालन हुनेछ।

 “दादुरा रुबेला विरुद्धको खोप शत् प्रतिशत बालबालिकालाई लगाउनका लागि जनचेतना अभिवृद्धि गर्न एनसेलबाट हामीलाई धेरै सहयोग प्राप्तभएको छ । त्यो सहयोगको लागिएनसेललाई धेरै धन्यवाद दिन चाहन्छौं, ” परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलकशर्मा गौतमले भने।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङगले दादुरा रुबेला खोप अभियान अन्तर्गत खोपको महत्वका कारेमा जनचेतना अभिवृद्धिका लागि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे।