BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईमा सुरु भयो राजनीति, किशोरले गरे वरिष्ठ उपाध्यक्षमा लड्ने घोषणा, को को थिए घोषणामा?


एफएनसीसीआईमा सुरु भयो राजनीति, किशोरले गरे वरिष्ठ उपाध्यक्षमा लड्ने घोषणा, को को थिए घोषणामा?
एफएनसीसीआईमा सुरु भयो राजनीति, किशोरले गरे वरिष्ठ उपाध्यक्षमा लड्ने घोषणा, को को थिए घोषणामा?

Tata
GBIME
Nepal Life

विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष किशोर प्रधानले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा निर्वाचन लड्ने घोषणा गरेका छन्।

विराटनगरमा बिहीबार दिउँसो महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका पूर्व अध्यक्षद्वय कुशकुमार जोशी र विनोदबहादुर श्रेष्ठसहित ३५ जिल्ला नगर अध्यक्ष उपस्थित कार्यक्रममा प्रधानले आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन्। कार्यक्रममा उपस्थित नभएका २७ जिल्ला नगर उद्योग वाणिज्य संघले समर्थन सहितको प्रतिबद्धतापत्र पठाएका थिए।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरू अञ्जन श्रेष्ठ, कृष्ण दुलाल, देवकुमार श्रेष्ठ, दिनेश श्रेष्ठ, अशोक टेमानी र गणेश लाभ पनि सहभागी थिए। आगामी निर्वाचनमा अञ्जन वस्तुगततर्फ उपाध्यक्ष र दिनेश जिल्ला-नगर उपाध्यक्षमा प्रधान समूहबाट उठ्ने पक्कापक्की भइसकेको छ।घोषणा सभामा भावुक शैलीमा प्रस्तुत भएका प्रधानले आफ्ना एजेन्डा खासै प्रस्तुत गरेनन्। 

‘मैले आफ्ना एजेन्डा लेखेर ल्याएको थिएँ, तर म ती पढ्दिन,’ उनले भने, ‘तपाईंहरूको यत्रो समर्थन देखेर म के भन्छु भने, म तपाईंहरूले जे भन्नुहुन्छ जे अह्राउनुहुन्छ त्यही गर्छु ।’आफू कर्म र इमान्दारीमा विश्वास गर्ने भएको र विगत २६ वर्षदेखि महासंघमा आफूले रगत पसिना बगाइरहेको उल्लेख गर्दै उनले यो चुनाव नै आफ्नो अन्तिम निर्वाचन भएको स्पष्ट पारे। प्रधानले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुअघि गृहनगर बागलुङबाट डेढ महिना पहिले चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए। 

आफ्ना प्रतिद्वन्द्वी ढकालप्रति कटाक्ष गर्दै प्रधानले भने, ‘मैले राजधानी काठमाडौंमा मात्र होइन, जिल्ला जिल्लामा गएर बैंकको ब्याज चर्को भयो भनेर आन्दोलनमा भाग लिएको छु । आज सबभन्दा ठूलो बैंकको अध्यक्ष मसितै चुनाव लड्दै हुनुहुन्छ । उहाँले कसरी ब्याजको समस्या समाधान गर्नुहुन्छ ?’

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफूले महासंघको नेतृत्व २ महिनापछि लिन लागेको बताउँदै आफू एक्लैले केही गर्न नसक्ने र यसका लागि सशक्त टीम चाहिने बताए। उनले पूर्व अध्यक्ष चण्डीराज ढकालप्रति समेत कटाक्ष गरे। ‘केही समयअघि एकजना पूर्व अध्यक्षले भन्नुभएछ, शेखर एक्लैले केही गर्न सक्तैन । सम्पूर्ण टीम मेरो आउने हो । म उसलाई ६ महिनामा अविश्वासको प्रस्ताव ल्याएर पदमुक्त गरिदिन्छु,’ उनले भने।

उनले आफू रबर स्ट्याम्प बन्न जान नलागेको बताउँदै महासंघको साख फर्काउने दाबी गरे। ‘के म रबर स्टाम्प बन्न महासंघमा जान लागेको हो र ?,' उनले भने, 'मलाई महासंघको गुमेको साख फिर्ता गर्न सक्ने टीम चाहिन्छ र यो टीममा किशोरजी योग्य हुनुहुन्छ।’ पूर्वअध्यक्ष चण्डीले किशोरजीको घोषणा सभामा नजान फोन गरी गरी उर्दी गरेको र गएमा क्यारियर नै सिद्ध्याइदिने धम्की दिएको आरोप उनले लगाए। उनले अध्यक्ष भएको ६ महिनामा सबै हिसाबको अडिट गरेर वेबसाइटमा राख्ने प्रतिबद्धता समेत जनाए। गोल्छाले महासंघको हिसाब व्यवस्थित  र पादरर्शी नभएकाले साख गिरेको भन्दै यही कारणले विभिन्न विदेशी संंस्था र सरकारबाट प्रोजेक्ट नपाएको खुलासा गरे।

गोल्छाको भनाइ थियो, ‘आज अडिटरको जुन प्रतिवेदन आएको छ,  त्यो लज्जास्पद छ ।’ उनले जिल्लाले चाहेको जस्तो गरी ९ महिनाभित्रमा विधान संशोधन गर्ने प्रबिद्धता जाहेर गरे। निवर्तमान अध्यक्ष पशुपति मुरारकाले महासंघका अहिलेसम्मका १८–२० वटा बैठकमा भएको छलफल र व्यवसायीको एजेण्डामा छलफल नै नभएको बताए।  पूर्वअध्यक्ष कुशकुमार जोशीले आज सरकारमा बलियो प्रतिपक्ष नभएको अवस्थामा महासंघ निजी क्षेत्रको विकासका लागि बलियो प्रतिपक्षका रूपमा उभिनु पर्ने धारणा राखे।