BIZMANDU
www.bizmandu.com

ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंको सिभिल मलमा, फर्मल र क्याजुअल दुबै कपडा पाउने

२०७६ फागुन १

ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंको सिभिल मलमा, फर्मल र क्याजुअल दुबै कपडा पाउने
ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंको सिभिल मलमा, फर्मल र क्याजुअल दुबै कपडा पाउने

Tata
GBIME

काठमाडौं। भारतीय कम्पनी सियाराम समुहको ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंको सिभिल मलमा खुलेको छ। यसको आउटलेछ यसअघि ललितपुरको कुमारीपाटी, लाबिम मल तथा विराटनगरमा समेत खुलिसकेको छ।

सिभिलमा भने ब्राण्डको सबै गुण र फेशन स्टेटमेन्ट झल्किने गरी लुगाहरु प्रदर्शनीमा राखिएका छन्। सिभिलमा औपचारिक, अनौपचारिक, पार्टी वेयर, विभिन्न प्रकारका एसोरेरिज तथा जिन्स पनि पाइने कम्पनीले जनाएको छ। हिमालयन भाइब्स समूहको सहकार्यमा कम्पनीले नेपालमा आउटलेट खोलेको हो।

कार्यक्रममा सियाराम सिल्क मिल्स लिमिटेडका वरिष्ठ उपाध्यक्ष, इ पी ड्यानियलले भने, ‘हामीआफ्नो ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंमा खोल्न पाउँदा निकै उत्साहित छौं।’ आउटलेटको उद्घाटन नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले गरे।