BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईको कर्णाली प्रदेशमा नयाँ भवन, प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्ने

२०७६ फागुन १

एफएनसीसीआईको कर्णाली प्रदेशमा नयाँ भवन, प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्ने
एफएनसीसीआईको कर्णाली प्रदेशमा नयाँ भवन, प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेशको नवनिर्मित भवनको विहीबार उद्घाटन भएको छ। महासंघकी अध्यक्ष भवानी राणाले नवनिर्मित भवनको उद्घाटन गरिन्।

कार्यक्रममा राणाले कर्णाली प्रदेशमा पर्यटन, जलस्रोत र जटीबुटीको अपार सम्भावना रहेको बताउँदै त्यसलाई प्रवर्द्धन गर्नका लागि प्रदेश भवन निर्माण भएको बताइन्। ‘हामीले कर्णालीको विकासका लागि प्रदेश सरकारसँग मिलेर काम गर्नुपर्ने अवस्था छ। त्यसका लागि भौतिक उपस्थिती हुनुपर्छ भनेर भवन निर्माण गरिएको हो,’ उनले भनिन्, ‘प्रदेश र स्थानीयसँग मिलेर यो क्षेत्रको विकासमा अघि बढ्न सघाउ पुर्‍याउनेछ।’

महासंघले सुर्खेतमा कृषि उद्यम केन्द्रको शाखा समेत स्थापना गरेको छ। यो केन्द्रमार्फत सार्वजनिक-निजी अवधारणामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने योजना रहेको राणाले बताइन्।

कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, कर्णाली उद्योग वाणिज्य संघका अध्यक्ष पदम शाही, प्रदेश अन्तर्गतका उद्योग वाणिज्य संघका अध्यक्षहरु, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य भरत आचार्य र प्रवलजंग पाण्डेको उपस्थिति थियो।