BIZMANDU
www.bizmandu.com

निर्यात प्रवर्द्धनका लागि प्रदेश १ का व्यवसायीलाई प्रशिक्षण, सरकारसँगको समन्वयमा अघि बढ्नुपर्

२०७६ फागुन १

Tata
GBIME
Nepal Life

विराटनगर। निर्यात प्रवद्र्धनका लागि उद्योगी–व्यवसायीलाई प्रशिक्षण दिन थालिएको छ । निर्यातजन्य बस्तुको उत्पादनमा उद्योगी व्यवसायीको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले प्रदेशस्तरीय प्रशिक्षण बुधबार विराटनगरमा सुरु भएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को समन्वयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रशिक्षणको आयोजना गरेको
हो ।

कार्यक्रममा प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले आयात प्रतिस्थापन र निर्यात वृद्धिका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय गरेर अघि बढिरहेको जिकिर गरे ।

उनले वैदेशिक व्यापार सहजीकरणका लागि प्रदेश सरकारले बनाउनुपर्ने कानुन तथा नीतिका विषयमा पनि प्रशिक्षणमा छलफल हुनुपर्ने बताए ।
महासङ्घको प्रदेश १ का कार्यवाहक अध्यक्ष लिलम बस्नेतले स्वदेशमै उत्पादित बस्तुले आयात प्रतिस्थापन गर्नु आवश्यक रहेको धारणा राखे ।

दुई दिनसम्म सञ्चालन गरिने प्रशिक्षणमा नेपाल उद्योगवाणिज्य महासङ्घ प्रदेश नं. १ अन्तर्गत रहेका उद्योगवाणिज्य सङ्घका अध्यक्ष एवम् प्रतिनिधि गरी ४० जनाको सहभागिता छ ।

र्काक्रमममा अर्थविज्ञ रवि भट्टराईले नेपालको आर्थिक तथा निकासी र पैठारीको अवस्थाका सम्भावनाका विषयमा प्रशिक्षण दिएका हुन् ।