BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमको नाफा घट्यो, खर्च बढ्यो, आम्दानी भने घट्यो, प्रति सेयर नेटवर्थ पनि गिरावट

२०७६ फागुन १

नेपाल टेलिकमको नाफा घट्यो, खर्च बढ्यो, आम्दानी भने घट्यो, प्रति सेयर नेटवर्थ पनि गिरावट
नेपाल टेलिकमको नाफा घट्यो, खर्च बढ्यो, आम्दानी भने घट्यो, प्रति सेयर नेटवर्थ पनि गिरावट

काठमाडौं। नेपाल टेलिकमको ग्राहक आम्दानी र अन्य खर्च वृद्धि भएपछि खुद नाफा घटेको छ। कम्पनीको खुद नाफा ०.३१ प्रतिशतले घटेको हो। 

Tata
GBIME
Nepal Life

कम्पनीले ४ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ। यो चालु आर्थिक वर्षको पुससम्मको नाफा हो। कात्तिकदेखि पुससम्मको नाफा २ अर्ब ९८ करोड रुपैयाँ छ। अघिल्लो बर्षको यही अवधिसँग तुलना गर्दा  नाफा ३६ प्रतिशतले बढेको छ।

कम्पनीको कुल आम्दानी घटेको छ। खासगरी ग्राहक आम्दानी घटेको हो। कम्पनीको खर्च पनि निक्कै बढेको छ। आम्दानी घट्ने र खर्च बढ्ने कारणले नाफा कम देखिएको हो। 

कम्पनीको प्रति सेयर नेटवर्थ  ५९५.७५ रुपैयाँ छ। अघिल्लो वर्षको ६९७ रुपैयाँको तुलनामा घटेको छ।