BIZMANDU
www.bizmandu.com

वीरगंजमा १६ करोडको लगानीमा कन्टिनेन्टल होटल खुल्दै, ब्यापारिक मल र रेस्टुरेन्ट पनि

२०७६ फागुन १

Tata
GBIME
Nepal Life

वीरगंज। वीरगंज–६ गहवामाई मन्दिर पछाडिको सडकमा १६ करोड रुपैयाँका लागतमा आठ तल्ले होटलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

वीरगंजकै बासिन्दा तथा इट्टा तथा कोइलाको व्यापार गर्ने नवलकिशोर चौरसियाले सवा कठ्ठा जग्गामा होटल कन्टिनेन्टल वीरगंज प्रालि निर्माण गरिरहेका हुन् ।

निर्माण कार्यको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेका र १० प्रतिशत काम बाँकी रहेको उनले बताए। आगामी साउनदेखि होटल सञ्चालनमा आउने उनले जानकारी गराएका छन् ।

होटल निर्माणको काम वीरगंज नगवाको बिडिएस कन्सट्रक्सन प्रालिले गरिरहेको छ । आठ तल्लामा पसलसहितको मल,रेस्टुरेन्ट,जिम क्लब र ३३ वटा अरामदायी कोठाहरु तयार भइरहेको उनले बताए ।

होटलको ग्राउन्ड तल्लामा पार्किङ, भुइतल्ला, पहिलो, दोस्रामा प्रति फ्ल्याट १४ वटा कोठाको दरले तीन फल्याटमा ४२ वटा पसलसहतिको मल, तेस्रोमा रेस्टुरेन्ट, स्टोर र किचेन, चौथोमा सय जना अट्ने सेमिनार हल, जिम क्लब र होटल शुरु हुन्छ ।

तेस्रो तल्लामा ५ वटा कोठा छन् भने बाँकी चौथो,पाँचौ तल्लामा २८ वटा कोठा रहेका छन् । वीरगंजमा बढदै गएको होटल व्यवसायको व्यापारलाई मध्यनजर गर्दै बारा बलिरामपुरमा महल ईट्टा उद्योग सञ्चालन गरिरहेका चौरसियाले होटल व्ययवसायमा हात हालेका हुन् । उनी विदेशबाट कोइला आयात गरी पनि सिमेन्ट उद्योग तथा इट्टा उद्योगलाई बेच्दै आएका छन् ।

होटलको मलमा पसल वा कार्यालय सञ्चालनको लागि बुकिङ पनि शुरु भइसकेको र एउटा कोठा १० हजार मासिक भाडामा उपलब्ध रहेको उनले बताएका छन् । उनले भने,‘अहिले बुकिङ खुल्ला शुरु छ,एउटा,दुई वटा पसल माग्न धेरै आउँदै छन्,हामी सिगो फ्ल्याट वा कम्तिमा ४ वटा पसल दिने सोचमा छौ ।’

वीरगंजमा होटल लर्डस प्लाजा(चार तारे), होटल भिस्वा(तीन तारे),मकालु,पुजन,कन्ट्री,क्लासिक,हिरापल्जा,सगुन,एभेरेष्टलगायत ४० भन्दा बढी होटल सञ्चालनमा रहेका छन्