BIZMANDU
www.bizmandu.com

शिवम् सिमेन्टको सेयर ‘कुना’ लाउन थाल्यो, सिभिलको आपूर्ति बढेकोबढ्यै, डेढ अर्ब रुपैयाँको किनबेच

२०७६ माघ २९

शिवम् सिमेन्टको सेयर ‘कुना’ लाउन थाल्यो, सिभिलको आपूर्ति बढेकोबढ्यै, डेढ अर्ब रुपैयाँको किनबेच
शिवम् सिमेन्टको सेयर ‘कुना’ लाउन थाल्यो, सिभिलको आपूर्ति बढेकोबढ्यै, डेढ अर्ब रुपैयाँको किनबेच


काठमाडौं। शिवम् सिमेन्टको सेयर धमाधम बजारबाट उठाइन थालेको छ। पछिल्ला केही दिनदेखि शिवमको सेयर उठाउन थालिएको हो। 

Tata
GBIME
Nepal Life

बुधबार शिवमको ९ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। गएको दुई दिनमा करिब २६ करोडको किनबेच भएको थियो। 

ब्रोकरहरुका अनुसार मध्यम तहका लगानीकर्ताले सेयर उठाइरहेका छन्। सबैभन्दा बढी ५८, ५६ र ४९ नम्बर ब्रोकरले सेयर बिक्री गरिरहेका छन्। बढी उठाउनेमा ५८ र २८ नम्बर ब्रोकर छन्। लगानीकर्ताले शिवमको सेयर 'कर्नरिङ' हुन थालेको विश्लेषण गर्छन्। 

लगानी कोषका युनिटपछि शिवमको सेयर सर्वाधिक माग भइरहेको छ। कम्पनीको ९६ हजार ५९९ कित्ता माग भएको छ। आपूर्ति भने ५४ हजार कित्ता मात्र भइरहेको छ। सबैभन्दा धेरैपटक पनि शिवमकै कारोबार भएको छ। कम्पनीको ५४४ पटक किनबेच भएको छ।

शिवमसँगै नागरिक लगानी कोषमा पनि सर्वसाधारणको आकर्षण देखिएको छ। कोषको नौ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। पछिल्लो समय फेरि मार्केट डिलरको काम अगाडि बढेको भन्ने हल्ला चल्न थालको छ। एनआइसी एसियाको ६ करोड र स्वरोजगार लघुवित्तको ५ करोडको सेयर किनबेच भएको छ।

दिनभरीमा १७३ कम्पनीको एक अर्ब ५० करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भएका छन्। यसमध्ये ६९ वटाको मूल्य घटेको छ भने ८१ वटाको बढेको छ। बजारमा सबैभन्दा बढी सेयर आपूर्ति भने सिभिल बैंकको भएको छ। बैंकको एक लाख २० हजार २५२ कित्ता आपूर्ति भएको छ।

बीचमा दोहोरो अंकले उक्लिसकेको बजार ४.६ अंक मात्र उक्लिएर बन्द भएको छ। बजार सूचक १३४५.९७ अंकमा बन्द भएको छ। बैंकिङ, विकास बैक र जलविद्युतको सेयर सूचक घटेका छन्। बाँकी जम्मै हरियो छ। 

सेन्ट्रल फाइनान्स, गुराँस लघुवित्त र स्पर्स लघुवित्तको सेयर मूल्य ९ प्रतिशतले माथि बढेको छ। युनाइटेड मोदी, ज्योति विकास बैक र वरुण हाइड्रोको सेयर मूल्य घटेको छ।