BIZMANDU
www.bizmandu.com

सूचक र कारोबार रकममा उत्साहजनक बढोत्तरी, शिवम् र एनआइसीको सेयरमा लगानीकर्ताको भीड

२०७६ माघ २८

सूचक र कारोबार रकममा उत्साहजनक बढोत्तरी, शिवम् र एनआइसीको सेयरमा लगानीकर्ताको भीड
सूचक र कारोबार रकममा उत्साहजनक बढोत्तरी, शिवम् र एनआइसीको सेयरमा लगानीकर्ताको भीड

Tata
GBIME
Nepal Life

काठमाडौं। केही दिनदेखि निरन्तर घटिरहेको सेयर कारोबार रकमले मंगलबार छलाङ मारेको छ। दिनभरीमा १७५ कम्पनीको एक अर्ब ५३ करोड रुपैयाँभन्दा बढिको सेयर किनबेच भएको छ।

सूचक पनि १७ अंकले उक्लिएर १३४१ अंकमाथि पुगेको छ। ब्यापार बाहेक सबै उपसूचक हरियो देखिएका छन्। २३ कम्पनीको सेयर मूल्य घट्दा १३३ वटाको मूल्य बढेको छ।

सुरुमा केही सुस्त देखिएको बजारमा १२ बजेपछि लगानीकर्ताको सहभागिता बढेको थियो। सोमबरजस्तो आज पनि शिवम् सिमेन्टको सेयरमा लगानीकर्ताको आकर्षण धेरै देखिएको थियो। दिनभरीमा शिवमको २ लाख ६३ हजार ७९० कित्ता सेयरको माग थियो।

आपूर्ति भने सिभिल बैंकको बढी भएको छ। बढी आपूर्ति हुने सूचीको पाँचौ नम्बरमा शिवम् छ। शिवमको ४९ हजार ९३० कित्ता सेयर बजारमा आएको छ।

शिवमको सर्वाधिक सेयर किनबेच भएको छ। कम्पनीको १५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसपछि एनआइसी एसियाको ११ करोड २३ लाख रुपैयाँको भएको छ। सिभिल बैंकको ८ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

सर्वाधिक सेयर मूल्य कालिका पावर कम्पनीको बढेको छ। कम्पनीको १० प्रतिशतले मूल्य बढेर ९९ रुपैयाँ पुगेको छ। यसपछि नेपाल सेवा लघुवित्तको करिब १० प्रतिशतले मूल्य बढेको छ। 

बैंकिङ सूचक साढे १४ अंकले बढेको छ। विकास बैंकको साढे १८ र जलविद्युतको १० अंकले सूचक बढेको छ। सर्वाधिक सूचक बीमाको बढेको छ। निर्जीवनको ९३ र जीवनको ५३ अंकले बढेको छ। लघुवित्तको  ७० अंकले बढेको छ।