BIZMANDU
www.bizmandu.com

किशोर गियरले ल्याएको सबै गाडी छुट्यो, यस्तो मूल्यांकनमा छुट्यो रेन्जरोभर र ज्यागुअर

२०७६ माघ २८

किशोर गियरले ल्याएको सबै गाडी छुट्यो, यस्तो मूल्यांकनमा छुट्यो रेन्जरोभर र ज्यागुअर
किशोर गियरले ल्याएको सबै गाडी छुट्यो, यस्तो मूल्यांकनमा छुट्यो रेन्जरोभर र ज्यागुअर

Tata
GBIME
Nepal Life

वीरगंज। अर्थमन्त्रालयले आर्थिक ऐनको गलत व्याख्या गरेर बाटो खोलिदिएपछि वीरगंजस्थित सुख्खा बन्दरगाहमा चार महिनादेखि रोकिएका ६ वटा गाडी जाँचपास भएका छन्।

सुख्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार पाँच वटा ल्याण्डरोभर कम्पनीको हाइब्रिड रेन्जरोभर कार र एउटा विद्युतीय ज्यागुअर जाँचपास भएको हो। अर्थमन्त्री डा. युवराज खतिवडाले माघ १३ गते मन्त्रिस्तरीय निर्णय गर्दै ती गाडी छाड्ने बाटो तयार गरिदिएका थिए। यो निर्णय भएको पर्सिपल्ट (माघ १५ गते) बन्दरगाह कार्यालयले किशोर गियरले थाइल्याण्डबाट ल्याएको एउटा रेन्जरोभर गाडी जाँचपास गरेको थियो भने त्यसपछि बाँकी चारवटा रेन्जरोभर र एउटा ज्यागुअर छुटेको हो।

किशोर गियरले ६ वटा गाडीमा करिब ८ करोड राजस्व बुझाएको भन्सार अधिकृत चुडामणि शर्माले बताए। उनका अनुसार पाँचवटा पेट्रोल र ब्याट्रीबाट चल्ने हाइब्रिड कार छन्। ती कार पनि स्पेशिफिकेशन अनुसार मूल्य फरक/ फरक छ। भन्सार कार्यालयका अनुसार  दुइ वटा रेन्जरोभरको १ लाख ३ हजार पाउन्ड ( १ करोड ५४ लाख रुपैयाँ) मूल्यांकन गरिएको छ भने अर्को एउटा रेन्ज रोभरको सुविधा धेरै भएकाले ८० हजार पाउन्ड (१ करोड २० लाख) मूल्यांकन गरिएको छ। कार्यालयका अनुसार अर्को दुइ वटा रेन्जरोभर एउटै भएकाले प्रति कार ६८ हजार पाउन्ड (१ करोड २ लाख रुपैयाँ) मूल्याकंन गरिएको छ।

एउटा विद्युतीय ज्यागुअरको ७५ हजार पाउन्ड (१ करोड १३ लाख रुपैयाँ)मा मूल्याकंन गरिएको छ। विद्युतीय कारमा १० प्रतिशत मात्र भन्सार महसुल र १३ प्रतिशत भ्याट र ८ प्रतिशत सडक सम्भार दस्तुर लाग्छ। कार्यालयका अनुसार ६ वटा गाडीबाट जम्मा ७ करोड ७५ लाख २५ हजार राजस्व असुली भएको थियो।

ज्यागुअरको भने ३१ लाख रुपैयाँमात्रै राजस्व असुली भएको छ। हाइब्रिड रेन्जरोभर कार सबै खर्च र मुनाफा जोडेर करिब ४ करोडमा र विद्युतीय ज्यागुअर दुई करोड रुपैयाँमा बिक्री हुन्छ।