BIZMANDU
www.bizmandu.com

प्रुडेन्सियलको साढे ३८ करोडको हकप्रद सेयर निष्कासन, लाभांश छाडी हकप्रदबाट पुँजी वृद्धि

२०७६ माघ २८

काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले फेरि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म बिक्री खुला राख्ने भएको छ।

Tata
GBIME
Nepal Life

यसअघि कम्पनीले तीन पटक हकप्रद निष्कासन गरिसकेको छ। सात वर्षअघि शतप्रतिशत, पाँच वर्षअघि २० प्रतिशत र दुई वर्षअघि २५ प्रतिशतका दरले हकप्रद निष्कासन गरेको थियो। 

कम्पनीले यसपटक १० कित्ता सेयर बराबर ६ कित्ताका दरले हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीको चुक्ता पुँजी अहिले ६४ करोड १५ लाख रुपैयाँ छ। कम्पनीले ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो। यसपछि चुक्ता पुँजी अर्ब नाघ्ने छ।

१०० रुपैयाँ अंकित दरका सेयरको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। कम्पनीले पछिल्लो दुई वर्षयता लाभांश दिन सकेको छैन।