BIZMANDU
www.bizmandu.com

अपडेट : आगलागीपछि बन्द विमानस्थल खुल्यो, सिंगापुरबाट आउँदै गरेको जहाज भने कोलकाता डाइभर्ट

२०७६ माघ २७

Tata
GBIME
Nepal Life

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल भवनभित्र रहेको कफी सपमा आगो लागेपछि बन्द गरिएको विमानस्थल खुलेको छ।

आगलागी भएपछि टर्मिनल भवनभित्र रहेका यात्रु व्यवस्थापन गर्न विमानस्थल थप थप एक घण्टाको लागि बन्द गरिएको थियो। स्टराइल हलमा, बोर्डिङ गेट छेउमा रहेको कफी सपमा विद्युत सर्ट भएपछि सोमवार साँझ आगलागी भएको हो।

विमानस्थल बन्द भएका कारण सिंगापुरबाट काठमाडौ आउँदै गरेको सिल्क एयरको जहाज कोलकाता डाइभर्ट भएको विमानस्थलले जनाएको छ। विमानस्थलका अनुसार नयाँ दिल्लीबाट आउँदै गरेको नेपाल वायुसेवा निगम, मलेसियाबाट आउँदै गरेको मालिन्दो एयर र चीनको गोन्जाओबाट आउँदै गरेको चाइन साउदर्नको जहाज केही बेर होल्डमा राखिएको थियो।