BIZMANDU
www.bizmandu.com

एनसेलले पायो १८ सय मेगाहर्जको ९ ब्याण्ड फ्रिक्वेन्सी, ‘अक्सन’मा राखेको सर्त भने पूरा गर्न

२०७६ माघ २७

एनसेलले पायो १८ सय मेगाहर्जको ९ ब्याण्ड फ्रिक्वेन्सी, ‘अक्सन’मा राखेको सर्त भने पूरा गर्न
एनसेलले पायो १८ सय मेगाहर्जको ९ ब्याण्ड फ्रिक्वेन्सी, ‘अक्सन’मा राखेको सर्त भने पूरा गर्न

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल दूर सञ्चार प्राधिकरणले १८ सय मेगाहर्जको ९ ब्याण्ड फ्रिक्वेन्सी एनसेललाई दिने निर्णय गरेको छ।

प्राधिकरणको शुक्रबार बसेको बोर्ड बैठकको निर्णयअनुसार एनसेलले अक्सनमार्फत पाएको फ्रिक्वेन्सी दिने निर्णय गरेको फ्रिक्वेन्सी महाशाखाका प्रमुख निर्देशक अम्बर स्थापितले जानकारी दिए।

लाभकर विवादका कारण रोकिएको फ्रिक्वेन्सी सार्वजनिक लेखा समितिको निर्णय र निर्देशन बमोजिम एनसेललाई दिने निर्णय भएको स्थापितले बताए। ‘एनसेलले मागे बमोजिम ९ ब्याण्ड नै दिने निर्णय भएको छ,’ उनले भने।

एनसेलले गत पुस २ गते प्राधिकरणले पहिलोपटक गरेको फ्रिक्वेन्सी अक्सनमा सबैभन्दा बढी मुल्य प्रति ब्याण्डविथ ५ करोड ८० लाख बढाबढमा अक्सन जितेको थियो। दुई कम्पनी मात्रै सहभागी भएको अक्सनमा नेपाल टेलिकमले ५ करोड १ हजार मात्र मुल्य तिर्ने भएपछि सो ब्याण्डको फ्रिक्वेन्सी एनसेलले पाएको थियो।

फ्रिक्वेन्सी पाएपनि अक्सनमा भाग लिनु पूर्व राखिएका सर्त भने एनसेलले पूरा गर्नु पर्नेछ। सर्तसहित फ्रिक्वेन्सी दिने निर्णय भएको निर्देशक स्थापितले बताए। प्राधिकरणसँग भएको १८ सय मेगाहर्जमा बाँकी रहेको १६ ब्याण्ड फ्रिक्वेन्सीमध्ये  एनसेलले ९ ब्याण्ड मात्रै पाएको हो। हाल यो ब्याण्डमा एनसेलसँग ११ ब्याण्ड सञ्चालनमा छ भने यो ब्याण्डमा एउटा अपरेटरका लागि २० ब्याण्डविथको क्यापिङ छ।

फ्रिक्वेन्सी पाएपछि अब एनसेलले आफ्नो नेटवर्क विस्‍तार गर्न बिटीएस टावर थप गर्नु पर्नेछ। त्यस्तै ७७ वटै जिल्लाका सहरी र ग्रामीण क्षेत्रमा क्रमशः ९० र ८० प्रतिशत क्षेत्रमा कभरेज पुर्‍याउनु पर्नेछ। यसका लागि प्राधिकरणले २०२२ सम्मको अवधि दिएको छ। प्राधिकरणले सहरी क्षेत्रमा १० एमबिपीएस र ग्रामीण क्षेत्रमा कम्तिमा  ५ एमबिपीएस स्पीड क्षमता हुनुपर्ने सर्त राखेको छ।

पर्यटकीय क्षेत्र र राजमार्ग वरपर यो वर्षभित्रै नेटवर्क विस्तार गरि तोकिएको गुणस्तरको सेवा दिनुपर्ने सर्त समेत राखेको छ। प्राधिकरणले सर्तसहित फ्रिक्वेन्सी दिने निर्णय भएको जानकारी एनसेललाई दिने तयारी थालेको बताएको छ।