BIZMANDU
www.bizmandu.com

पुस्तकमा अर्थमन्त्री खतिवडाले लगाएको करविरुद्ध आन्दोलन: माइतीघरमा २ घण्टा पढ्दै विरोध


Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षदेखि पुस्तक आयातमा भन्सार लगाउने गरी बजेट ल्याएका थिए। सबै प्रकारका आयातित पुस्तकमा १० प्रतिशत भन्सार लगाउने सरकारी निर्णयको विरोध शुरुदेखि नै हुँदै आएको छ।

प्रकाशक, लेखक र पाठकहरुले नै सरकारको यो कदमले पठन संस्कृति कमजोर हुँदै जाने भन्दै विरोध गर्दै आएका छन्।

आज माइतीघरमा उनीहरुले दुई घण्टा पुस्तक पढेरै सरकारी कदमको विरोध गरे।

आइतबार उनीहरुलाई सिंहदरबार अगाडिबाट पक्राउ गरी साँझ छाडिएको थियो। केही पुस्तक बिक्रेताहरुले विदेशबाट पुस्तक आयात गर्न बन्द गर्ने घोषणा समेत गरिसकेका छन्।