BIZMANDU
www.bizmandu.com

असुसको फ्युचर ल्यापटप नेपाली बजारमा, एक लाख १५ हजारदेखि ३ लाख ६५ हजार रुपैयाँसम्म मूल्य

२०७६ माघ २७

असुसको फ्युचर ल्यापटप नेपाली बजारमा, एक लाख १५ हजारदेखि ३ लाख ६५ हजार रुपैयाँसम्म मूल्य
असुसको फ्युचर ल्यापटप नेपाली बजारमा, एक लाख १५ हजारदेखि ३ लाख ६५ हजार रुपैयाँसम्म मूल्य


काठमाडौं। असुसले आफ्नो बहु प्रतिक्षित ल्यापटप जेनबुक प्रो डुओ (यूएक्स५८१) र जेनबुक डुओ (यूएक्स४८१) नेपाली बजारमा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

दि फ्यूचर अफ कम्युटिङ्गको रुपमा दुबै ल्यापटपहरु बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

नयाँ डिजाइनको ल्यापटप टच स्क्रिनले चल्छ। यसमा नयाँ स्क्रीनप्याड २.० पनि छ। 

दि ल्यापटप अफ टुमरो’ जेनबुक प्रो डुओ र जेनबुक डुओ ल्यापटपहरु इनपुटका लागि कीबोर्ड र सेकेण्डरी टचस्क्रीन छन्। ल्यापटपले सिर्जनात्मकता र उत्पादकत्वलाई नयाँ उचाईमा पुर्याउने  विज्ञप्तिमा उल्लेख छ।