BIZMANDU
www.bizmandu.com

अब योजना बैंकमा परेका परियोजना मात्रै बजेटमा आउने, प्रधानमन्त्रीले गरे योजना बैंकको उद्घाटन

२०७६ माघ २६


काठामडौं। राष्ट्रिय योजना आयोगले 'योजना बैक' को औपचारिक सुरुवात गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले योजना बैकको उद्घाटन गरेका छन्। 

Tata
GBIME
Nepal Life

केही वर्षदेखि सरकारले तयारी अवस्थामा रहेका आयोजनाको सूचीसहितको 'आयोजना बैंक' स्थापना गरिएको हो। 

निर्देशिकामार्फत आयोगले आयोजना पहिचानदेखि कार्यान्वयन र त्यसको अनुगमनसम्मको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ। आयोजना पहिचान, त्यसको वैकल्पिक मूल्यांकन, छनोट, प्राथमिकीकरण, क्षेत्रीय तथा लगानी सन्तुलन र कार्यान्वयन गरी आयोजना कार्यान्वयनको चरणलाई निर्देशिकामा समेटिएको छ। 

हरेक मन्त्रालयका योजना महाशाखाको जिम्मेवारी प्रभावकारी बनाउने गरी यो अवधारणा अघि बढेको छ। आयोजना बैंकमा कार्यान्वयन चरणमा पुगेका त्यस्ता आयोजना समावेश हुन्छन्। 

आयोगले 'आयोजना बैंक सूचना प्रणाली' स्थापना गरेको छ। त्यही सूचना प्रणालीमा प्रविष्ट हुने आयोजना अघि बढाउन र कार्यान्वयन तहमा गइसकेका आयोजनाको पुनर्प्राथमिकीकरण गर्न सहयोग पुग्छ। यसमा आयोजना छनोट र कार्यान्वयनका तहसम्म पुग्दा अपनाउनुपर्ने सम्पूर्ण चरणहरु प्रष्टसँग उल्लेख गरिएका छन्। 

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटको तयारी अघि बढाइसकेको छ। आयोजना बैंकमा समावेश भएका आयोजना मात्रै आगामी बजेटमा समावेश गराउने गरी काम अघि बढाइने छ।