BIZMANDU
www.bizmandu.com

चन्द्र ढकाल एसियन लिडरसिप अवार्डबाट सम्मानित, उद्यमशीलतामा नेतृत्वदायी भूमिका

२०७६ माघ २६

चन्द्र ढकाल एसियन लिडरसिप अवार्डबाट सम्मानित, उद्यमशीलतामा नेतृत्वदायी भूमिका
चन्द्र ढकाल एसियन लिडरसिप अवार्डबाट सम्मानित, उद्यमशीलतामा नेतृत्वदायी भूमिका


काठमाडौं। आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन्। 

Tata
GBIME
Nepal Life

एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन संघले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सम्मान प्रदान गरेका हुन्। 

राष्ट्रिय उद्यमशिलताको विकास गरी नेतृत्वदायी भूमिकामा रहेका र देशको आर्थिक विकास र समृद्धिका लागि व्यावसायको माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याएका व्यवस्थापकलाई आमोले हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ।

सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड पाएका हुन्। 

ढकाल ग्लोबल आइएमई बैंक तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष पनि हुन्। ढकालले आफूलाई अवार्डले आगामी दिनमा अझ उत्साहका साथ अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिए।