BIZMANDU
www.bizmandu.com

सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्त बराबरी हैसियतमा गाभिने, यसरी बन्यो मर्जरमा सहमति

२०७६ माघ २२

सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्त बराबरी हैसियतमा गाभिने, यसरी बन्यो मर्जरमा सहमति
सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्त बराबरी हैसियतमा गाभिने, यसरी बन्यो मर्जरमा सहमति


काठमाडौं। तनहुँमा प्रधान कार्यालय रहेको सारथी लघुवित्त वित्तीय संस्था र काभ्रेपलाञ्चोकमा प्रधान कार्यालय रहेको नयाँ नेपाल लघुवित्त वित्तीय संस्था गाभिने भएका छन्।

Tata
GBIME

गाभिने समझदारीपत्रमा सारथीका अध्यक्ष कमलप्रसाद ज्ञवाली र नयाँ नेपालका अध्यक्ष डा.पुरुपोत्तम श्रेष्ठले हस्ताक्षर गरेका छन्। राष्ट्र बैंकको मर्जर नीतिलाई सहयोग पुग्ने गरी दुवै संस्थाले झिनामसिना कुरामा नअल्झि मर्जरमा जाने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

आगामी चार महिनाभित्रै गाभिएर सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोवार गर्ने लक्ष्य राखिएको छ। दुबै संस्था बराबरी सेयर अनुपातमा गाभिन लागेका हुन्।

मर्जरपछिको सञ्चालक समितिको अध्यक्षता नयाँ नेपालको तर्फबाट हुनेछ भने दुवै तर्फबाट ३/३ जना गरी ६ सदस्यीय सञ्चालक समिति रहने छ। व्यवस्थापनको नेतृत्व सारथी लघुवित्त वित्तीय संस्थाका प्रबन्ध निर्देशकले गर्ने सहमति भएको छ। 

सारथी लघुवित्तको चुक्ता पूँजी ११ करोड ४ लाख छ भने नयाँ नेपालको १० करोड ८ लाख रुपैयाँ छ। दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार दुवै संस्थाको जोड्दा कुल कर्जा लगानी २ अर्ब ४० करोड र बचत ५४ करोड १९ लाख रुपैयाँ पुग्ने छ। खूद नाफा ३ करोड २८ लाख रुपैयाँ पुग्ने छ। 

राष्ट्रिय स्तरमा कार्यक्षेत्र रहेको सारथी लघुवित्तका हाल ३७ र नयाँ नेपालका २४ वटा शाखा छन्। २६ जिल्लामा उपस्थिति छ।