BIZMANDU
www.bizmandu.com

भारतीय बजेटको प्रभाव नेपालीको जनजीवनमा: तेलदेखि कुकरसम्म महँगो, माइक्रोफोन सस्तो हुने 

२०७६ माघ २०

भारतीय बजेटको प्रभाव नेपालीको जनजीवनमा: तेलदेखि कुकरसम्म महँगो, माइक्रोफोन सस्तो हुने 
भारतीय बजेटको प्रभाव नेपालीको जनजीवनमा: तेलदेखि कुकरसम्म महँगो, माइक्रोफोन सस्तो हुने 


काठमाडौं। भारतीय बजेटको प्रभाव नेपालीको जनजीवनमा समेत पर्ने देखिएको छ। भारतले कतिपय वस्तुको आयातमा कर बढाएको छ भने कतिपयमा घटाएको छ।

Tata
GBIME
Nepal Life

यही कारण नेपालीले उपभोग गर्ने वस्तुमा पनि त्यसको प्रभाव र असर देखिने भएको हो। भारतकी अर्थमन्त्री निर्मला सीतारमणले शनिवार बजेट ल्याएकी थिइन्।

बटर, तेल, आलु, चुइङ्गम र ओखर महँगो हुने छन्।

वाटर फिल्टर, माटोका भाँडकुँडा, कफी र चिया बनाउने मेसिन, टोस्टर, ग्यास चुलो, कुकर महँगो हुनेछन्। भारतबाट आयात गरिने यस्ता सामान नेपाली बजारमा महँगो हुने भएका हुन्।

भारतबाटै आयात हुने काँइयो, टेबुल तथा सिलिङ पंखा , वाटर हिटर, किटनासक उपकरण,ताला, हेयर ड्रायर र कपालमा लगाइने पिन तथा क्लिप पनि महँगो हुने भएको छ।

माणिक, पन्ना, नीलमजस्ता धातुहरू पनि महँगो हुनेछ भने खेलौना, स्टेशनरी सामाग्री, नक्कली फूल र गुट्खा पनि महंगिने भएका छन्। 

पत्रपत्रिका छापिने कागज, खेलको सामान, माइक्रोफोन, प्लास्टिक र केमिकल्स भने सस्तो हुने भएको छ।