BIZMANDU
www.bizmandu.com

ओलीले भने-‘एमसिसी पास गर्नुपर्छ, यसबारे सरकारको दृष्टिकोणसहित संसदमा सम्बोधन गर्छु ‘

२०७६ माघ १४

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनपछि समसमायिक विषयमा संसदमा सम्बोधन गर्ने बताएका छन्।

आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले समसमायिक विषयमा केही समयमै सम्बोधन गर्ने बताएका हुन्।

'सभाममुख महोदय, केही दिनपछि मैले आजको राजनीतिक अवस्था, विभिन्न अहिले चर्चामा रहेका समसमायिक सान्दर्भिक विषय र हामीले गर्नुपर्ने काम तत्ससम्बन्धमा नेपाल सरकारको दृष्टिकोण आफ्नो समय लिएर राख्नेछु,' प्रधानमन्त्री ओलीले भने।

सभामुख चयनमा ढिला भएको उल्लेख गर्दै ओलीले अबका दिनमा ढिलासुस्ती गर्न नहुने धारणा राखे। हरेक ठाउँबाट आफ्नो काम तीब्र गतिमा अघि बढाउनुपर्ने आग्रहसमेत ओलीले गरे।

'एमसीसीलगायत पास गर्नुपर्ने छ। यसबारेमा पछि भन्छु,' प्रमले भने।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रणामा केही ढिलाइ भएको उल्लेख गर्दै यसको रोकथामका लागि सरकार लागि परेको बताए।