BIZMANDU
www.bizmandu.com

प्रभु बैंकको म्याग्दी जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा

२०७६ माघ १३

प्रभु बैंकको म्याग्दी जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा
प्रभु बैंकको म्याग्दी जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा

काठमाडौं। प्रभु बैंकले म्याग्दीको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

एक्सटेन्सन काउन्टरको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले आइतबार उद्घाटन गरे। एक्सटेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न सहज हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकको २ सय ५ वटा शाखा कार्यालय र १ सय ५२ वटा एटीएम काउन्टर छ। बैंकको वेनीसँगै ४५ वटा एक्सटेन्सन काउन्टर संचालनमा आइसकेको छ।