BIZMANDU
www.bizmandu.com

पर्यटन बोर्डको नयाँ नेतृत्व चयनका लागि सचिवको अध्यक्षतामा बैठक मंगलबार, को होला सिइओ?

२०७६ माघ १३

Tata
GBIME
Nepal Life

काठमाडौं। एक साता पछि नेपाल पर्यटन बोर्डको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाइने भएको छ।

बोर्डको कार्यविधि अनुसार नयाँ नेतृत्व चयनका लागि मंगलबार बोर्ड पर्यटन सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा बैठक गर्ने योजना रहेको बोर्डका एक सदस्यले जानकारी दिए।

'सम्भवतः अन्तिमपटक मनोनयन भएका तीन जनामध्ये एक जनालाई नयाँ नेतृत्वमा ल्याउने योजना छ। भोलि नै नयाँ नेतृत्व छनोटको टुंगो लगाउने उद्देश्य लिएका छौं।' ती सदस्यले बिजमाण्डूसँग भने।

बोर्डका अनुसार सिइओ (प्रमुख कार्यकारी अधिकृत) पदका लागि उच्च अंक प्राप्त गरेका दीपक बस्ताकोटी, धनन्जय रेग्मी र हिक्मत सिंह ऐरमध्ये एक जना चयन हुनेछन् ।

गत डिसेम्बर २४ तारिखमा प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल सकिए लगत्तै बोर्डमा नयाँ नेतृत्वको प्रक्रिया सुरु भएको थियो। बोर्डका अनुसार यसअघि नयाँ नेतृत्व चयनका लागि डाकिएको बैठक तीन पटकसम्म बैठक स्थगित भइसकेको छ।