BIZMANDU
www.bizmandu.com

जय अम्बे स्टीलले डेढ सातापछि व्यवसायिक उत्पादन थाल्ने, विदेशको जस्तै चिल्लो डन्डी हुने

२०७६ माघ १३

Tata
GBIME
Nepal Life

काठमाडौं। तीन अर्ब लगानीमा अम्बे समूहले नेपालगंजमा स्थापना गरेको डन्डी उद्योगले एक डेढ सातापछि व्यवसायिक उत्पादन सुरु गर्ने भएको छ। जय अम्बे उद्योगले अम्बे ब्राण्डमा डन्डी बजारमा ल्याउनेछ।

उद्योगका संचालक शिवाज न्यौपानेले डेढ सातापछि व्यवसायिक उत्पादन सुरु हुने बताउँदै अहिले परीक्षण उत्पादन भइरहेको जानकारी दिए।‘हामीले १० दिनपछि व्यवसायिक उत्पादन सुरु गर्नेछौं। अहिले हामीले परीक्षण उत्पादन गरिरहेका छौं’ न्यौपानेले बिजमाण्डूसँग भने।

यो उद्योगमा पहिलोपटक क्यान्टलिवर स्ट्यान्ड राखिएको छ। यो स्ट्यान्डले डन्डीलाई चिल्लो बनाउँछ।

‘अहिले बजारमा पाइने डन्डी रफ हुन्छ। त्यसैले हामीले यो उद्योगमा नयाँ प्रविधि ल्याएका छौं, जसले गर्दा उत्पादित डन्डी विदेशमा जस्तो चिल्लो हुनेछ,’ उनले बिजमाण्डूसँग भने,’गुणस्तरको अलावा यसले उपभोक्तालाई आकर्षित समेत गर्छ।’ उनले उद्योगको मेशिनरीमा कुनै सम्झौता नगरेका कारण ‘प्रोजेक्ट कस्ट’ समेत केही बढेको बताए। उद्योगबाट दैनिक ८ सय टन डन्डी उत्पादन हुन्छ।