BIZMANDU
www.bizmandu.com

पोहोरभन्दा राजस्व असुली घट्यो, ११ भन्सार कार्यालय ऋणात्मक, ‘चोरीका सामानले धक्का’

२०७६ माघ १३


काठमाडौं। भन्सार विभाग राजस्व असुलीमा गत वर्षभन्दा ३.६३ प्रतिशतले पछि परेको छ। मुख्य भन्सार कार्यालय सहित ११ वटा भन्सार कार्यालय गत वर्षभन्दा ऋणात्मक छन्।

Tata
GBIME
Nepal Life

राजस्व असुल गर्ने मुख्य भन्सार कार्यालयहरु वीररगञ्ज, मेची, विराटनगर, जलेश्वर नै राजस्व असुलीमा गत वर्षभन्दा पछि देखिएका छन्।

यस्तै  सुठौली, नेपालगञ्ज, कोइलीबास, कंचनपुर, महाकाली, त्रिवी विमानस्थल र जाँचपास परीक्षण कार्यालयहरु ६ महिना राजस्व असुलीमा पछि परेका हुन्।

गत वर्ष सुरु ६ महिनामा ७८ अर्ब राजस्व संकलन गरेको विरगञ्ज भन्सार कार्यालय चालु आर्थिक वर्षमा १० अर्ब कम ६८ अर्ब मात्रै राजस्व संकलन गरेको छ।

चालु आर्थिक वर्षको ६ महिनामा विभाग अन्तर्गतका कार्यालयहरुले १ खर्ब ८० अर्ब असुल गरेको छ। यो गत वर्षको सोहि अवधिको तुलनामा ७ अर्बले कम असुली हो।

यस्तै लक्ष्यबाट ६४ अर्बले पछि हो। राजस्व अपेक्षाकृत रुपमा असुली हुन नसकेपछि अर्थमन्त्री युवराज खतिवडा स्वदेशी उद्योग संरक्षणको प्रभाव परेको बताउँदै आएका छन्।

तर व्यवसायीहरु भने सीमा क्षेत्रबाट भन्सार छलेर ल्याइने चोरीको सामानले राजस्व असुलीमा धक्का लागेको बताउँदै आएका छन्। आयातमा कमी भएको भन्दा पनि सीमा क्षेत्रमा हुने चोरी पैठारी कम गर्नुपर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश कुमार मोरले जानकारी दिए।