BIZMANDU
www.bizmandu.com

अवकाश हुन लागेका अर्थसचिवलाई सम्मान गर्दै अर्थमन्त्रीले भने- मरेपछि गरिने सम्मानको अर्थ छैन

२०७६ माघ १२

अवकाश हुन लागेका अर्थसचिवलाई सम्मान गर्दै अर्थमन्त्रीले भने- मरेपछि गरिने सम्मानको अर्थ छैन
अवकाश हुन लागेका अर्थसचिवलाई सम्मान गर्दै अर्थमन्त्रीले भने- मरेपछि गरिने सम्मानको अर्थ छैन


काठमाडौं। अवकाश हुन लागेका अर्थसचिव डा. राजन खनालाई सम्मान गरिएको छ। ६८ औं भन्सार दिवसको अवसरमा सचिव खनाललाई सम्मान गरिएको हो।

Tata
GBIME
Nepal Life

सम्मान गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले खनालप्रति सच्चा सम्मान भएको बताए। 'सम्भवतः पद छोड्नुभन्दा अगाडि नै सम्मानित हुने पहिलो व्यक्ति उहाँ हुनुहुन्छ। किनभने यो उहाँले गरेको योगदानप्रतिको कदर हो। मरिसकेपछि गरिएको सम्मानको कुनै अर्थ हुने छैन। राम्रो काम गर्नेलाई अगाडि नै सम्मान गर्न सकिन्छ,' उनले भने, 'यो एउटा राम्रो संस्कारको सुरुवात हो। सेवाबाट अलग्गिएपछि यो ठाउँमा फर्केर आउन सक्ने अवस्था छैन।'
 
सम्मानपछि बोल्दै सचिव खनालले आफू पनि भन्सार सुधारमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएको स्मरण गरे। उनले भने, 'सुमन (भन्सार महानिर्देशक सुमन दाहाल) ले मलाई पटक-पटक फोन गरेर तपाई आउनुहुन्छ नि भनेर सोधिरहेको थियो। विदाइको माला लगाउन रहेछ।'

उनले भन्सार सुधार निरन्तर चलिरहने प्रक्रिया भएकोले निरन्तर अपडेट गर्नुपर्ने बताए। उनी माघ २२ गते अनिवार्य अवकाशमा जाँदैछन्। 

विभागमा महानिर्देशक दाहालले अब भन्सार कार्यालयहरु क्यासलेस र पेपरलेस हुने प्रक्रियामा गएको जानकारी दिए।