BIZMANDU
www.bizmandu.com

पहिलो भुक्तानी सेवा प्रदायक इसेवा ११औं वर्षमा, क्यासलेस अर्थतन्त्रको परिकल्पना साकार पार्दै

२०७६ माघ १२

पहिलो भुक्तानी सेवा प्रदायक इसेवा ११औं वर्षमा, क्यासलेस अर्थतन्त्रको परिकल्पना साकार पार्दै
पहिलो भुक्तानी सेवा प्रदायक इसेवा ११औं वर्षमा, क्यासलेस अर्थतन्त्रको परिकल्पना साकार पार्दै

Tata
GBIME
Nepal Life

काठमाडौं। क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडि सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११ औं वर्षमा प्रवेश गरेको छ।

सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा एक दशकको अवधिमा मुलुकका सबै स्थानमा पुगेको छ। मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने यो कम्पनी हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेको दाबी गरेको छ।
कम्पनीका अनुसार एक दशकको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको छ भने अप्रत्यक्ष रूपमा करिब एक करोड जनसंख्याले सेवा लिइरहेका छन्।

हाल इसेवाका देशभर करिब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हालसम्म इसेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेका छन्। इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘यो एक दशक हाम्रालागि निकै उत्साहजनक रह्यो। कुराकानीका लागि मात्र सीमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्नसक्ने बनाउन सफल भएका छौं। आगामी दिनमा पनि हामीले आम जनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जानेछौं।'

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्।