BIZMANDU
www.bizmandu.com

कोनालाई गिनिज वर्ल्ड रेकर्ड्सको उपाधि, ५ हजार ७ सय १३ मिटरसम्म सहजै संचालन

२०७६ माघ ७

कोनालाई गिनिज वर्ल्ड रेकर्ड्सको उपाधि, ५ हजार ७ सय १३ मिटरसम्म सहजै संचालन
कोनालाई गिनिज वर्ल्ड रेकर्ड्सको उपाधि, ५ हजार ७ सय १३ मिटरसम्म सहजै संचालन

Tata
GBIME
Nepal Life

काठमाडौं। हुण्डाईको इलेक्ट्रिक गाडी कोनाले गिनिज वर्ल्ड रेकर्ड्सको उपाधि पाएको छ। कोना तिब्बतको साउलापाससम्म पुगेर अरू इलेक्ट्रिक गाडीको रेकर्ड तोडेको हो।

कोनाले ५ हजार ७ सय ३१ मिटर उचाइमा पुगेको थियो। यसअघि इलेक्ट्रिक गाडीको रेकर्ड ५ हजार ७ सय १५ मिटर थियो। गिनिज वर्ल्ड रेकर्डसका एड्जुडिकेटर ऋषिनाथले भने- 'सर्वाधिक उचाईमा पुग्ने इलेक्ट्रीक कारको लागि हासिल गरेको यो उपाधिका लागि हुन्डाईलाई बधाई दिन चाहन्छु । यो उपलब्धीसँगै नयाँ किर्तिमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ।'

कम्पनीका अनुसार  न्यून तापक्रम, निरन्तर हिमपात लगायतका कठोर मौसमी अवस्थामा पनि कोना सहज रुपमा संचालन भएको थियो। गाडीमा रहेको इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले जस्तो सुकै बाटोको अवस्थामा पनि गाडी स्टेबल रहने कुरा पुष्टि गरेको कम्पनीले दाबी गरेको छ।

यो बाटोमा जाँदा गाडीलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएको थियो। कम्पनीका अनुसार कारमा रहेको स्ट्याण्डर्ड पोर्टेबल चार्जरले रातभरि चार्ज गरिएको थियो।