BIZMANDU
www.bizmandu.com

नेशनल लाइफले दुर्घटनापछि मृत्यु भएका दंगालका परिवारलाई १ करोड बढी दावी भुक्तानी दियो 

२०७६ माघ १

नेशनल लाइफले दुर्घटनापछि मृत्यु भएका दंगालका परिवारलाई १ करोड बढी दावी भुक्तानी दियो 
नेशनल लाइफले दुर्घटनापछि मृत्यु भएका दंगालका परिवारलाई १ करोड बढी दावी भुक्तानी दियो 

Tata
GBIME
Nepal Life

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्व. इन्द्रप्रसाद दंगालको मृत्यु दाबी भुक्तानी गरेको छ। 

इन्द्रप्रसाद दंगालले २०७६ असार ३१ गते ५० लाख रूपैयाँको दोहोरो दुर्घटना लाभ सहितको नेशनल लाइफको १६ वर्षे अमृत वर्षा जीवन बीमालेख खरिद गरेका थिए। उनको गत कात्तिक ४ गते  दुर्घटनामा परेर निधन भयो।

कम्पनीले स्वर्गीय दंगालको इच्छाइएको व्यक्ति धर्मपत्नी सुष्मिता थपलिया (दंगाल) लाई दाबी भुक्तानी गरेको छ। विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बीमा दाबी वापत एक करोड तीन लाख १५ हजार रूपैयाँको चेक हस्तान्तरण गरेका छन्। 

दाबी सम्बन्धी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा भुक्तानी गरिएको विर्तामोड शाखाका प्रमुख कमलबहादुर बुढाथोकीले जानकारी दिए।

कार्यक्रममा कम्पनीका एक नम्बर प्रदेश प्रमुख नरेन्द्र राई, धरान शाखा प्रमुख हरिप्रसाद खतिवडा, दमक शाखा प्रमुख सुमनकुमार राई, चिफ बिजनेस म्यानेजरहरू बन्धुकुमार निरौला र दीपा ओली लगायतको उपस्थिति थियो।