BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री खतिवडाले गरे रेलमार्ग र निजगढ क्षेत्र अवलोकन, भने- ‘पूर्वाधार बजेट अभाव हुँदैन’

२०७६ पुष २९

अर्थमन्त्री खतिवडाले गरे रेलमार्ग र निजगढ क्षेत्र अवलोकन, भने- ‘पूर्वाधार बजेट अभाव हुँदैन’
अर्थमन्त्री खतिवडाले गरे रेलमार्ग र निजगढ क्षेत्र अवलोकन, भने- ‘पूर्वाधार बजेट अभाव हुँदैन’

Tata
GBIME
Nepal Life

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले जनकपुर-जयनगर रेलवेका लागि तयार संरचनाको अवलोकन गरेका छन् । उनले रेलवे पदाधिकारी, प्रदेश २ का मन्त्रीहरू र स्थानीय जनप्रतिनिधिसँग कुरा गर्दै रेल यातायात सेवा सञ्चालनका लागि बजेट अभाव हुन नदिने बताए । 

जनकपुर-जयनगर रेलवे सञ्चालनका लागि पूर्वाधार तयार भइसकेको छ । चेन्नइबाट माघ दोस्रो साता नै रेल ल्याउने तयारी भइरहेको विषयमा रेलवे पदाधिकारीले जानकारी गराएपछि उनले यातायात पूर्वाधारका लागि  सरकारले योजनाबद्ध तवरले काम गरिरहेको बताए ।

अर्थमन्त्री खतिवडाले जनकपुरपछि काठमाडौं-तराइ द्रुत मार्ग र निजगढ प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र अवलोकन गरे ।

काठमाडौं-निजगढ द्रुत मार्गमा नेपाली सेनाले काम गरिरहेको छ । स्थानीयसँगको भेटमा उनले सरकार विमानस्थल, रेलवे र सडक निर्माणका लागि गम्भिर रहेको बताए ।

पूर्वाधारका बिभिन्न  आयोजना निर्माण र सञ्चालनका लागि सरकारले बजेट उपलब्ध गराएपनि सबै निकायले आआफ्नो क्षेत्रबाट प्रतिबद्ध भएर काम गर्नुपर्ने उनले बताए ।

आयोजनालाई स्थानीयको सहयोग भएमात्रै निर्माणको काम अपेक्षित गतिमा अघि बढ्ने उनको धारणा थियो ।