BIZMANDU
www.bizmandu.com

विराटनगरको टोलीले भेट्यो नाडा पदाधिकारी, विराट एक्स्पोमा सहकार्य हुने, फागुन २ मा एक्स्पो 

२०७६ पुष २९

विराटनगरको टोलीले भेट्यो नाडा पदाधिकारी, विराट एक्स्पोमा सहकार्य हुने, फागुन २ मा एक्स्पो 
विराटनगरको टोलीले भेट्यो नाडा पदाधिकारी, विराट एक्स्पोमा सहकार्य हुने, फागुन २ मा एक्स्पो 

Tata
GBIME
Nepal Life

काठमाडौं। विराटनगरमा हुने विराट एक्स्पो व्यापार मेलालाई अटोमोबाइल व्यवसायीको संगठन नाडाले सघाउने भएको छ । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेको नेतृत्वमा आएको विराटनगरका उद्योगी व्यवसायीको पाँच सदस्यीय टोलीले नाडाका पदाधिकारीलाई भेटघाट गर्दै सहकार्यका लागि आग्रह गरेको हो ।

 
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल बजार प्रवर्द्धनका लागि व्यापार मेला सहयोगी हुने बताए । सवारीसाधनका लागि लुब्रिकेन्ट्सका उद्योग पूर्वमै रहेको अवस्थामा अटोमोबाइल उद्योग स्थापनाका लागि पनि पूर्वेली उद्योगीको पहल आवश्यक रहेको दुलालले बताए । भेटमा नेपालमा सवारीसाधनको बजारको वर्तमान अवस्थाबारे चर्चा भएको थियो ।

विराटनगरमा आगामी फागुन २ गते देखि साताव्यापी २० औं विराट स्क्स्पो कृषि तथा अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । महोत्सव संयोजक भोलेश्वर दुलालले नाडा पदाधिकारीलाई निम्तो दिँदै मेलामा रहने स्टल र स्वदेशी उद्योग प्रवर्द्धनका लागि राखिएका कार्यक्रम बारे जानकारी दिएका थिए ।

सोमबार भएको छलफलमा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंघानिया र केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, नीलमणि पाठक, ध्रुव थापा, शुभासिस थपलिया र पंकज अग्रवाल लगायत सहभागी थिए । विराटनगरको प्रतिनिधि मण्डलमा अध्यक्ष घिमिरेसँगै भोलेश्वर दुलाल, सुयश प्याकुरेल, सुबोध कोइराला र चुडामणि भट्टराइको उपस्थिति थियो ।