BIZMANDU
www.bizmandu.com

सुनको भाउ एकै दिन ८ सयले घट्यो, तोलाको ७४ हजारमा कारोबार, चाँदी पनि ओरालो

२०७६ पुष २९


काठमाडौं। मंगलबार सुनको मूल्यमा गिरावट देखिएको छ। सोमबार ७४ हजार ८ सयमा कारोबार भएको सुन प्रतितोला ८ सय रुपैयाँले घटेर मंगलबार ७४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

Tata
GBIME
Nepal Life

मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार ७ सय रूपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य १० रूपैयाँले घटेर ८ सय ८० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

पछिल्लो एक सातामा सुनको मूल्य निकै अस्थिर रह्यो। गत मंगलबार ७५ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्यले बुधबार भने हाल सम्मकै उच्च रेकर्ड कायम गर्दै ७६ हजार ५ सय कायम भएको थियो।

गत बिहीबारदेखि सामान्य ओरालो लागेको सुनको मूल्य एक सातामा २ हजार ५ सयले ओरालो लागेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारका अनुसार अमेरिका र इरानबीच जारी विवादनै सुनको मूल्यमा अस्थिरता ल्याउने मुख्य कारण भएको बताए।

अमेरिका र इरानबीच उत्पन्न तनावकै कारण लगानीकर्ताले कुनै पनि क्षेत्रमा ढुक्कसँग लगानी गर्न सकिरहेका छैनन्, जसको कारण सुनको मूल्य अस्थिर भएको हो।